काठमाडौ । महामारीले फेरी एक जना डाक्टरलाई लगेको छ । सिरहामा एक चिकित्सकको निधन भएको हो । लहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीको निधन भएको नगरपालिकाले जनाएको छ ।
उनी अस्वस्थ्य भए पनि अस्पताल भर्ना भएका थिएनन् । संक्रमित भएका उनको निधन भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।
डा चौधरी संक्रमित भए पनि अस्पताल नगएर ९ दिनदेखि होम आइसोलेसनमै बस्दै आएका थिए । तर अचानक स्वास्थ्यमा थप समस्या आएपछि उनलाई सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगिएको थियो । तर अस्पतालमा उपचार सुरु हुन नपाउँदै उनको मृत्यु भएको हो ।
३५ वर्षीय डा। चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।
त्यस्तै जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणपछि बलम्बुस्थित एपिएफ अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले जानकारी दिए।
जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठलाई २ साताअघि पोजिटिभ देखिएको थियो। संक्रमणका कारण स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
अस्पताल भर्ना भएको एक सातापछि अवस्था थप जटिल बन्दै गएका कारण आइसीयू र त्यसपछि भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आएको थियो। ६५ वर्षीय श्रेष्ठ ५ वर्षअघि वरिष्ठ जनस्वास्थ्य प्रशासक पदबाट सेवा निवृत्त भएका थिए।
प्रतिकृया दिनुहोस्