काठमाडौं – सुन्दर सपना सजाएर अमेरिका पुगेका परिवारका एक्ला छोरा अमेरिकामै अस्ताएपछि परिवारलाई गहिरो चो ट प रेको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका १० कुर्घाका २८ वर्षीय विपिन लम्सालको अमेरिकामा अचानक निधन भएको हो।
स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा भर्ना गरिएका उनको साउन १२ गते निधन भएको हो । हृ’द यघातका कारण मृ’त्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएपछि अ६ महिना अघि मात्र बिहे गरेका परिवारकै एक्ला छोरा अमेरिकामा यसरी अस्ताएहिले परिवारसँगै सिंगो गाउँ विक्षिप्त बनेको छ। उनको ६ महिना अघि मात्र विवाह भएको थियो।
परिवारका सदस्यले आफ्ना एक्ला छोराको अन्तिम अनुहार हेर्ने इच्छा राख्दै शव नेपाल ल्याइदिन अमेरिकामा बस्ने नेपाली र दुतावासलाई आग्रह गरेका छन्।
परिवारको अनुरोधपछि गैरअवासीय नेपाली संघ अमेरिकाले त्यसको लागि पहल गरेको हो। अध्यक्ष बुद्धिसागर सुवेदीले अमेरिकास्थित नेपाली दुतावास, मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी सहितको समन्वयमा प्रकृया पुरा गरेर श’व नेपाल पठाउने तयारी भएको बताएका छन्।
प्रतिकृया दिनुहोस्