Wednesday, June 29

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन !

August 3, 2021 299

काठमाडौं :नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाएर कुलमान घिमिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।

मंगलवार उर्जा मन्त्री पम्फा भुसाललाई देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। शाक्‍य अघि कुलमान घिसिङ नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए।

लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको कार्यकाल सकिएपछि फेरि उनलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुकत गर्न दबाब थियो।

तर, केपी शर्मा ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन्

प्रतिकृया दिनुहोस्