Monday, June 27

अभिनेत्री गरिमा पन्तले जन्माईन् छोरी

August 3, 2021 567

इटहरी / नेपाली चलचित्र उधोगमा यतिबेला अभिनेत्रीहरु गर्भवती हुने लहर चलेको छ । अभिनेत्री रक्षा श्रेष्ठले छोरी केही महिना अघि जन्माईन भने हालै अभिनेत्री गरिमा पन्तले पनि छोरी जन्माएकी छिन् । नेपाली चलचित्र उधोगबाट बिरानो बनेकी पन्त लामो समयदेखि अमेरिका श्रीमान सहित छिन् ।

केही महिनाअघि आफू गर्भवती भएको ईन्स्टाग्राम मार्फत सार्बजनिक गरेकी थिइन् । त्यसपश्चात् उनले सार्बजनिक गरेका हरेक तस्वीरले चर्चा पाईरहेको थियो ।

मंगलबार आफ्नो अफिसियल ईन्स्टाग्राममा आगन्तुक छोरीको फोटो पोस्ट्याउदै गरिमाले खुसी व्यक्त गरेकी छिन् । तस्विरमा श्रीमान सहित नवआगन्तुक छोरी संग छिन् । उनले तस्विरसंगै लेखेकी छन्-‘तिम्रो आगमनले हामी धन्य अनि भरिपुर्ण भएका छौँ । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वागत । छोरिको नाम प्रीषा राखेकी छन् ।

प्रतिकृया दिनुहोस्