Thursday, July 7

किरणले पाएको २५ लाख मध्ये एक हजार आमालाई दिने र बाँकी एम्बुलेन्स किन्ने घोषणा

August 8, 2021 224

काठमाडौं । द भ्वाइस अफ नेपाल तेश्रो सिजनको बिजेताको उपाधी किरण गजमेरले जित्न सफल भएका छन ।

शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । उनले उपाधी चुमे सँगै नगद २५ लाख पुरस्कार विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।

शनिबार बिजेता बने पछि पत्रकारहरुसँग बोल्दै गजमेरले भने एक हजार रुपैया सरस्वति माताको आशिर्वाद मान्दै आमालाई दिन्छु र बाँकी पैसा कोरोनाको खोप र एम्बुलेन्स किन्न दिनेछु ।

संकटबीच चर्चित गायन रियालिटी सो द भ्वाइस अफ नेपालले तेस्रो विजेता पाएको हो। कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्राण्ड फिनालेमा पुगेका थिए।

यो सिजनको ग्राण्ड फिनालेमा टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ, टिम प्रमोदबाट हाल अमेरिकामा रहँदै आएका किरण गजमेर, टिम राजुबाट बागलुङकी तारा श्रीष मगर र टिम तृष्णाबाट भोजपुरका ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो।

‘देखेर तिमीलाई, हेरेर तिमीलाई…’, यो गीतको रचयिता हर्क साउद हुन् भने संगीत सुजन चापागाईंको । यसमा चापागाईं स्वयं र विद्या तिवारीको स्वर छ । लकडाउनका वेला निकै नै चर्चित बनेको यो गीत गत साता ‘भ्वाइस अफ नेपाल’मा पनि सुनियो ।

भ्वाइस अफ नेपालमा फरक स्वर र स्वादमा गुन्जिएपछि यो गीत पुनः एकपटक जुर्मुराएको छ ।भ्वाइस अफ नेपालमा यो गीत गाएका थिए किरण गजमेरले ।

किरण उनै हुन्, जो १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए । किरणका बा, हजुरबा हजुरआमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर ।

प्रतिकृया दिनुहोस्