August 9, 2021 132
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४४५ जनाको पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार निको हुने दर ९३.५ प्रतिशत रहेको छ।
यस्तै हिजो (आइतबार) नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार कोरोना संक्रमणबाट ५५ जना र शनिबार ३३ जना संक्रमितको ज्यान गएको थियो।
प्रतिकृया दिनुहोस्