Saturday, June 19

काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का

May 19, 2021 102

काठमाडाैं । एकाबिहानै काठमाडाैंमा भूकम्पकाे धक्का महसुस भएकाे छ । बिहान ५ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । अन्य समाचार : आज भूकम्पले घर भत्काउँदा उमा घाइते आज बिहान गएको भूकम्पले घर भत्काउँदा एक जना गम्भीर घाइते भएका छन् ।

लमजुङको वेसीशहर नगरपालिका वडा नं ६ चनौटेमा भूकम्पले घर भत्काउँदा लमजुङ घेर्मुका उमा गुरुङ घाईते भएकी छन् । उनलाई उपचारका लागि लमजुङ जिल्ला आस्पतल लगिएको बताइन्छ । आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प् गएको थियो ।

अन्य समाचार : अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारी, कहिलेदेखि खुल्छ ? हेर्नुहोस् काठमाण्डौ- आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ, तर यो कुरा मन्त्रालयले मात्र निर्णय गरेर हुने चाहिँ होइन ।’नेपालमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिएपछि सरकारले गएको वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोकेको लगाएको हो ।

तर उडान लामो समय रोकिँदा विभिन्न देशमा नेपाली नागरिकहरू अलपत्र परेका छन् । देश अनुसार हप्तामा केही उडान भएमा पनि टिकट काटेर पनि घर फर्कन नपाएका नेपालीहरूलाई सहज हुनेछ । यस्तै सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्न अनुमति दिएको छ । तर नेपालमा रोकिएका भारतीय नागरिक लिएर साउदी अरब जाने नेपाली जहाजहरू रित्तै फर्कने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा १० वटा चार्टर्ड उडान गर्ने गरी आवश्यक कार्य गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सरकारले नेपालस्थित भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिकलाई मात्रै साउदी लैजान अनुमति दिएको हो सहसचिव लामिछानेले जानकारी दिए । ‘भारतीय दूतावासको अनुरोधमा अनुमति दिइएको हो,

अहिलेलाई एकतर्फी भनिएको छ, तर उताबाट फर्कँदा यात्रु ल्याउन पाउने अहिले भनिएको छैन,’ उनले भने,‘विदेशबाट आएका नागरिकको व्यवस्थापन र स्वास्थ्यका मापदण्ड लगायतका कुरा स्वास्थ्य मन्त्रालयका साथै अन्य निकायबाट निर्णय नभएसम्म हामीले भन्न सकिने अवस्था छैन ।’

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा पनि एअर बबल सम्झौता अनुसार नेपाल र भारतबीच भने हप्तामा दुई वटा उडान भइरहेको छ । यी उडानमार्फत नेपाल फर्कंनेले १० दिन अनिवार्य सरकारले तोकेको होटेल क्वरेण्टीनमा बस्न पर्छ । तर अब अन्य देशबाट उडानहरू सञ्चालन भएमा मापदण्ड के हुने भन्ने निर्णय भइसकेको छैन ।

प्रतिकृया दिनुहोस्