Wednesday, June 29

काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको बसमा चेक जाँच गर्दा तीन छक पर्यो प्रहरी

August 12, 2021 251

प्रहरीले कैलालीको अत्तरियाबाट बुधबार ४४९ दशमलव ७७ ग्राम अ’वै’ध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई प’क्राउ गरेको छ ।अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अ’प’राध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अ’वै’ध सुन ब’रा’मद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई बालासहित रु २६ हजार २०० नगद, एक मोबाइलसहित प’क्रा’उ गरिएको छ ।यस्तै सुनसरी जिल्ला रामधुनी नगरपालिका घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरियामा काम गर्दै आएका राजु विकलाई सुनको बाला र सिक्री गरी ३४९ दशमलव ८७ ग्राम अ’वै’ध सुन, नगद छ हजार ९०५ र एक मोबाइलसहित प’क्रा’उ गरिएको छ ।

बसका सहजकर्ता घिमिरेसँग फेला परेको दुई वटा सुनको बालामध्ये एउटा बाला अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापतिलाई दिएको भन्ने खुल्न आएपछि गरिएको खानतलासीका क्रममा निज सिजापतिलाई पनि सुनको बाला, नगद १६ हजार र दुई थान मोबाइलसहित प’क्रा’उ गरिएको छ । प’क्रा’उ परेका घिमिरे र समीर सिजापतिको साथमा कतार दोहाको बिल रहेको भए पनि किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्