Sunday, September 26

बस दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, ४९ जना घाइते

May 19, 2021 266

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना भएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस आज बिहान ५ बजे बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको नवलपरासी प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्