Sunday, June 26

कोरोना संक्रमणका कारण एक शिक्षकको मृत्यु

August 15, 2021 160

झापामा कोरोना संक्रमणका कारण एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवी माध्यमिक विद्यालय बिर्तामोडका शिक्षक अशोक बाह्रकोटी छन्।

उनको उपचारका क्रममा बीएण्डसी अस्पतालमा शनिबार राति मृत्यु भएको हो। संक्रमण देखिएपछि उनी समया होम क्वारेन्टाइनमा बसेका थिए। शरीरमा अक्सिजन लेवल घटेपछि उनलाई साउन १४ गते मेची प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरिएको थियो। त्यहाँ उपचार असम्भव भएपछि उनलाई बीएण्डसी अस्पताल ल्याइएको थियो।

शिक्षण पेसासँगै उनले लामो समय बिर्तामोडको तमु मार्केटमा असोक पुस्तक पसल चलाएका थिए। बिर्तामोडका स्थायीबासी उनी अहिले कुखुरापालन व्यवसायमा समेत आबद्ध थिए। धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स दैनिकको व्यवस्थापनबाट करियर सुरु गरेका उनी सञ्चार क्षेत्रका नजिकका शुभचिन्तक थिए। यसअघि झापामा आधारभूत प्राथमिक विद्यालय शनिश्चरेका शिक्षक बाबुल प्रधान र होलिवेल स्कुल धुलाबारीका शिक्षक अणु प्रधानको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्