Thursday, July 7

बिहान ९ बजे देखि मध्यान्न १२ बजेसम्म जन्मिएका व्यक्तिहरु कति भाग्यमानी ! हेर्नुहोस् !

August 15, 2021 373

एक व्यक्तिको जन्म भएपछि, उसको मुहूर्ता र नक्षत्र कुन तर्फ छ , कुन मितिमा, कुन पक्षमा उसको जन्म भयो ,त्यसले उसको भविष्य निर्धारण गर्दछ। कुन प्रहरमा जातकको जन्म भयो भन्ने थाहा भएर मात्र उसको भविष्य निर्धारण गर्न भने निकै गार्हो हुन्छ किनकि यसको लागि नक्षत्र, मुहूर्ता जस्ता कुरा पनि आवश्यक हुन्छ । व्यक्तिको जन्म कुन प्रहरमा भएको सम्बन्धमा सामान्य जानकारी |

बिहानको दोस्रो प्रहर
दिनको दोस्रो प्रहर, जब सूर्य शीरमाथि आउँछ र लामो समयसम्म रहन्छ, यसलाई मध्य-दिन भनिन्छ। यो प्रहर बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुन्छ। यसलाई शुद्ध रजोगुनी प्रहार पनि भनिन्छ। यस प्रहरमा जन्मेका व्यक्तिहरू राजनीति र प्रशासनिक काममा रुचि राख्छन्। यो प्रहरमा जन्मेका मानिसहरूले अगुवाइ गरेर धेरै धन र नाम कमाउँछन्।

यो प्रहरमा के गर्नु
हाम्रो दिमाग यस प्रहरमा बढी सक्रिय हुन्छ, त्यसैले एस प्रहरमा काम गर्ने क्षमता बढ्छ। यदि यस प्रहारमा हनुमानजीलाई रातो फूलहरू चढाइन्छ भने त्यसले धन सम्पत्तीको लाभ हुन्छ र ऋण तथा कर्जाबाट पनि मुक्ति पाइन्छ । यद्यपि यस प्रहरमा मांगलिक काम नगर्नु र बोट विरुवाहरु नारोपेकै राम्रो मानिन्छ ।

प्रतिकृया दिनुहोस्