Thursday, September 23

चक्रवात ‘ताउ-ते’ को असरले नेपालमा आज र भोलि भिषण वर्षा वर्षा हुँदै, सतर्क रहन आह्वान

May 19, 2021 433

काठमाडौँ — पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको गुजरात आसपासमा रहेको चक्रवात ‘ताउ-ते’को प्रभाव कारण अहिले मुलुकका केही भागमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू-भागको एक /दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।

उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

‘TaukTae’सामुद्रिक आँधीको प्रभावले नेपालको बिशेष गरि पश्चिम भूभागमा हुने बर्षाको कारण सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी प्रदेशका पहाडी भूभाग भई बहने साना नदीमा वहाव वढ्ने,केहीमा सतर्कता तह पुग्न सक्ने,जेठ ७ गतेसम्म नदीतटिय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन अनुरोध छ।

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

२०७८ जेठ ६ गने (बिहीबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहारुमा हल्का देखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

जेठ ७ गने (शुक्रबार)

दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगाएत देशका बाँकी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको केही ठाँउमा र बाँकी पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत देशका बाँकी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्