Monday, June 27

भुलेर पनि नर्गुहोस् यी ४ गल्ती, नत्र किड्निमा हुनसक्छ पत्थरीको समस्या !

August 17, 2021 226

काठमाडौँ । मृगौलाले हाम्रो शरीरमा रगत शुद्धिकरण गर्छ । तर, हाम्रा केही गल्ती र लापरवाहीका कारणले मृगौलामा समस्या उत्पन्न हुनसक्छ । मृगौलाको जोडी पिठ्यूँको मध्यभागमा करङको ठीक मुनी हुन्छ । यिनीहरुको आकार हाम्रो मुठ्ठी बराबर हुन्छ र यो हेर्दा राजमा जस्तो देखिन्छ ।

मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिशाबमा पानीको मात्रा कमी हुँदा पनि यस्तो समस्या देखिन्छ । आवश्यक्ताभन्दा बढी मिनरल्सले पनि यस्तो समस्या निम्त्याउँछ ।

किड्निको पत्थरी हुँदा तपाईंको पेट, पिठड्युँ वा कम्मरमा असाध्यै पीडा महसुस गर्न सक्नुहुन्छ। यो तब हुन्छ जब तपाईको पत्थर सर्न थाल्छ र किड्निमा दबाब दिने संकीर्ण पिसाब नलीमा गएर अड्किने गर्दछ ।

गर्मीको समयमा तपाईंले ३ देखि ४ लिटर पानी पिउनु पर्छ। गर्मीमा, मानिसहरू प्रायस् धेरै पानी पिउँछन्, तर जाडोमा, मानिसहरूले पानी पिउँदैनन् वा थोरै पनि पिउने गर्दछन् । जब शरीरमा पर्याप्त पानी हुँदैन तब, मिर्गौला राम्रोसँग सफा हुने गर्दैन ।

यस्तो अवस्थामा तपाईले खानुभएको खाना राम्रोसँग पच्दैन र मिर्गौलामा जम्मा हुन थाल्छ, जुन पछि गएर पत्थरीको समस्यामा बदलिन्छ । दैनिक खानाको ख्याल गरेर, तपाईं एक हदसम्म किडनी स्टोनको जोखिमलाई कम गर्न सक्नुहुन्छ।

मृगौलाको पत्थरी
मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिशाबसँगै शरीरबाट बाहिर निस्किन्छ ।

तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिशाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

मृगौला खराब भएको लक्षण
किड्नीमा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रष्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले अन्जानमा त कहिले लापरवाहीवस यसलाई नजरअन्दाज गर्‍यो भने समस्याले ठूलो रुप लिन्छ ।

पेटमा तीव्र दुखाई, बारम्बार ट्वाइलेट जानु, पिशाब गर्ने बेला दुखाई, पिशाबबाट रगत आउनु, कम्पनका साथ ज्वरो, भोक नलाग्नु, छटपटी हुनु आदि किड्नी खराब भएका मुख्य लक्षण हुन् ।

मृगौला पत्थरीको उपचार
कहिलेकाहीँ किड्नीमा पत्थरीको समस्या सामान्य अवस्थामा औषधिले पनि ठिक हुन्छ । तर कहिलेकाहीँ किड्नीमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ, जसले गर्दा स्टोन कडा हुन्छ र त्यसलाई निकाल्न सर्जरीको आवश्यकता पर्छ । यद्यपि आजकाल सर्जरीको अलावा ल्याप्रोस्कोपी, यूरेट्रोस्कोपीजस्ता कयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र विरामीलाई खासै अप्ठेरो हुँदैन ।

– परीक्षणबाट सो कुरा सहि निस्किएमा औषधीको माध्यामबाट पनि यसको उपचार खोजिन्छ । औषधीले पत्थरीलाई टुक्रा टुक्रा बनाएर पिसाबको माध्याबाट बाहिर निकाल्छ । यदि औषधीले संभव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

घरेलु उपचार
घरेलु उपचार विधी पनि अपनाउन सकिन्छ । यद्यपी चिकित्सकिय उपचार छाड्नु हुँदैन । घरेलु बिधीवाट पनि पत्थरी बाहिर निस्कन सक्छ, यद्यपी सावधानी अपनाउनु पर्छ ।

१.थाहा भएकै हो, खराब खानपानको कारण पनि पत्थरी हुन्छ । त्यसैले हल्का, सुपाच्य र पोषणले भरपुर खानेकुरा सेवन गर्नुपर्छ।

२.शरीरमा कहिले पनि पानीको अभाव हुन दिनु हुँदैन । दिनभर समय समयमा पानी पिउनुपर्छ । जुस, सुपको सेवन गर्न सकिन्छ। यद्यपी चिया, मदिरा, सोडा, कफीको सेवन हानिकारक हुनसक्छ ।

३.मूत्राशयको पत्थरीको घरेलु उपचार गर्ने हो भने, रोगीलाई केहि दिनसम्म कागती पानी, सुन्तलाको जुस, अधिक पानी पिउनुपर्छ।

४. रोगीले बिहान टहल्नु पर्छ र दुई हप्तामा एक दिन उपवास गर्नुपर्छ । यसका साथै खानामा दही, सब्जी, सलाद आदि भरपुर लिनुपर्छ ।

पत्थरी भएका व्यक्तिले नखानुहोस् यस्ता खानेकुराहरु

२. चर्को नुन हालिएका खानेकुराहरूः चाहिने भन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसापको रूपमा बाहिर गईरहेको पानीलाई पुनः अवशोषण गरि पिसापलाई बाक्लो बनाउने गर्दछ। यसो हुँदा पिसापमा क्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसंग संयोग भई क्यालसियम–अक्जेलेट क्रिष्टल बन्ने गर्दछ।यसर्थ मृगौलाको पत्थरीकाट बच्नका लागि उच्च मात्रामा नुन हालिएको, अजीनोमोटो हालिएका एवं, तारे भूटेको, चटपटे, फ्राईडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेबन गर्नु हुदैन।

३. प्राणी जन्य खानेकुराहरूः माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्त प्रोटीनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउदछ। यसर्थ जनावर जन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दुध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नु हुदैन।

४. उच्च मात्रामा भिटामीन सीको सेवन गर्ने गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरि उच्च पत्थरी बनाउन मद्यत गर्दछ। यसर्थ प्रति दिन भिटामीन सीको सेवन ५०० मिग्रा भन्दा ज्यादा हुनु हुदैन्।

क्यालसियम फस्फेट पत्थरीमा के नखाने ?

पिसापमा भएको क्यालसियमले जव पिसापमै भएको फस्फेट मिनरल संग संयोग गरि बनाएको पत्थरीलाई क्यालसियम फस्फेट पत्थरी भन्ने गरिन्छ।क्यालसियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन तर उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन।

जस्तै
१.माछा, मासु अण्डा जस्ता जङ्गम खाद्यः प्राणी बाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाईन्छ। खाएको फस्फोरस रगत हुदै पिसापमा उत्सर्जित हुदै गर्दा क्यालसियमसंग प्रतिक्रिया गरेर क्यालसियम फस्फेटको क्रिष्टल बनाउने गर्दछ।

२.दुध, दहि, मही, चिज, पनिर, बटर जस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाईने हुँदा पत्थरी बनाउन मद्यत गर्दछ,

३. सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च श्रोत हो।

४. जङ्क फूडः जंङ्कफूडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ। यसै गरि स्वाद बढाउन र आकर्षक बनाउनको लागि पनि फस्फोरस प्रयोग गरिन्छ।यसर्थ जङ्कफूड, फाष्टफूड, प्रोसेष्डफूड, केनफूट आदिको सेवन गर्नु हुदैन।

५.चर्को नुनको सेवनः उचच मात्रामा नूनको सेवन गर्ने गर्दा यसले पिसापलाई बाक्लो बनाउने हुँदा क्यालसियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाईदिन्छ।

यूरिक एसिड पत्थरी हुँदा के नखानेर ?

रगतमा यूरीक एसिडको मात्रा बढे सगै यूरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ। यसर्थ यूरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू नखानुहोला।

१.माछा—मासुः यूरिक एसिड पत्थरी भएका र यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु मुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।

२.समुन्द्री खाद्यान्नः विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दछ र यूरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।

३.मदिरा :– युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा बर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।

४.कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूक्टोज पाइन्छ । फ्रूक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५.दाल – गेडागुडि – दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ र यूरिक एसिड पत्थरी हुन सम्दछ।

६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारिको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होईन।

७.जङ्क फूड – जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ र पत्थरी बन्दछ।

८.अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन यस्ता खानेकुराको सेवनले रगतमा यूरिक एसिड बढाएर यूरिक एसिड पत्थरी बन्न सहयोग गर्दछ।

सिष्टिन पत्थरी हुँदा के नखाने ?

प्रोटिन बनाउन प्रयूक्त हुने सिष्टिन एमाईनो एसिडको रक्त मात्रा ज्यादा भएर पिसापमा उत्सर्जित भएर बन्ने सिष्टिन पत्थरी अन्य पत्थरी भन्दा आकारमा ठूलो हुने गर्दछ र एक पछि अर्को बनी रहने गर्दछ। यस किसिमको पत्थरीको मुख्य कारण सिष्टिन्यूरीया भन्ने आनुबंशीक रोग हो।यद्यपि खानेकुराहरूको पनि सिष्टिन पत्थरी गराउनमा विशेष भूमीका हुन्छ।

माछा, मासु, अण्डा, दुध, दही, चीज, पनिर जस्ता जङ्गम श्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्दछ। यसैगरि अत्याधिक नुन हालिएका खानेकुराहरू जस्तै फ्रे¸फ्राई, आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिष्टिन्यूरीयालाई बढाउदछ।

यसै गरि कम पानी पिउनेहरूलाई पनि सिष्टन पत्थरी हुने सम्भावना रहन्छ। पानी कम पिउदा पिसापको अम्लता बढेर पत्थरी बन्ने गर्दछ।

प्रतिकृया दिनुहोस्