Wednesday, June 29

आजको मौसम : देशभर बदली, ‘भारी वर्षा’ को सम्भावना

August 17, 2021 139

काठमाडौँ । मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले देशका अधिकांश भू(भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।बिहीबारसम्म नै देशका

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***वितेको २४

घण्टामा काठमाडौं उपत्यकाको तीन जिल्लामा १ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १८ हजार ५८२ जनाको नमूना परीक्षण गर्दा भेटिएका ३ हजार ९१५ मध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा भेटिएका सङ्क्रमितको सङ्ख्या १ हजार ८९ रहेको छ ।आज काठमाडौंमा ७९९ जना भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा सङ्क्रमण पाइएको हो ।आज काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक अन्य पाँच जिल्लामा पनि ३ अंकको सङ्क्रमण देखिएको छ

प्रतिकृया दिनुहोस्