Sunday, April 11

सेतो कपडामा चामल बाँधेर माहाकालीलाई चढाउनुहोस्, चम्किनेछ भाग्य

November 24, 2020 149

एजेन्सी । सबैको चाहना हुन्छ राम्रो जागिर खाने । तर कयौँ पटक योग्यता हुँदाहुँदै पनि जागिर पाइदैन्। ज्योतिषका अनुसार यो सबैको कारण ग्रह हुने गर्दछ। ग्रह राम्रो नहुँदा बन्न लागेको काम पनि बिग्रिने गर्दछ। आज हामी तपाईलाई कुनै यस्ता उपाय बताउँदैछौँ, जुन उपाय अप्नाएर तपाईले जागिरका लागि आउने सबै समस्या हटाउन सक्नुहुनेछ।

१) जागिर पाउने पहिलो उपायमा तपाईले महिनाको पहिलो सोमबार एक सेतो कपडामा चामल बाँधेर माहाकालीलाई चढाउनुहोस्। त्यसपछि केही दिनमै तपाईको काममा आइरहेका अड्चन टाढा भाग्नेछन्।

२) विहान बिहान चरा वा परेवालाई चारो खुवाउनुहोस्। यसो गर्दा तपाईको जागिरका लागि आएका बाधा हट्नेछन्। प्रतिदिन सात प्रकारको अनाज मिलाएर चरालाई खुवाउनु पर्दछ।

३) बजरंग बलीको पुजा गर्नुहोस् । आफ्नो घरमा उडिरहेका हनुमानको तस्वीर लगाउनुहोस् र हरेक दिन उक्त तस्वीरलाई पुजा गर्नुहोस्। यसो गर्दा तपाईको कामका हरेक समस्या हट्नेछन् र तपाईले चाडै जागिर पाउनुहुनेछ।

४) हरेक शनिबार शनि देवको पुजा गर्नुहोस्, जीवनमा आएका सबै समस्या हटेर जानेछन्। शनिबार शनिदेवको पुजा गर्दा ऊं शं शनैश्चराय नमः को १०८ पटक जप गर्नुहोस्।

५) अन्तवार्ता दिने समयमा घरमा दही र चिनी खाएर निस्किनुहोस्। घरबाट बाहिर निस्किदा आफ्नो दायाँ खुट्टरा अघि राख्नुहोस्। यसो गर्दा पनि तपाईले काममा सफलता प्राप्त गर्न सक्नुहुनेछ।

६) अन्तवार्ता दिन जानुअघि एक कागतीमाथि चार दिशामा चार वटा ल्वाङगाडनुहोस्। यसलाई लिएर ऊं श्री हनुमंते नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसो गर्दा पनि तपाईले सफलता प्राप्त गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्