Monday, September 27

उपचार नपाएका गरिबको लागि भगवान बन्दै रवि, महावीर र भीम

May 19, 2021 159

काठमाण्डौ – को’रोना महामारी भयावह अवस्थामा पुगेको छ । यो बेला अविभावक बन्नु पर्ने सरकार रमिते जस्तै बनिरहेको छ ।
उपचारमा अक्सिजनको हाहाकार छ । यही विकराल अवस्थाबीच तीन अभियान्ताले आफ्नो सामाजिक सञ्जाल बाटै गरीब दुखीको सेवा गरिरहेका छन् ।

यसो त सहयोग गर्नेहरू धेरै नेपाली छन् तर यहाँ बिशेष गरि तीन अभियान्ताको चर्चा गर्न लागिएको छ ।फिल्डमै उत्रिएर पत्रकार रवि लामिछानेले धेरै ज्यान जोगाई रहेका छन् ,लामिछानेले जनमैत्री अस्पताल सँग मिलेर विरामीको उपचारमा सघाइ रहेका छन् ।

साथै उनले आफ्नो एउटा टीम नै बनेर अस्पताल लैजाने सम्मको सेवा सुरु गरेका छन् । उनले आज सम्म सयौ नेपालीको उपचारमा सहयोग गरिरहेका छन् भने अभियान निरन्तरता पनि दिइरहेका छन् ।त्यस्तै सामाजिक सञ्जालबाटै धेरै सहयोग गर्ने व्यक्ति हुन् – पूर्व सचिव भीम उपाध्याय ।

उनले पनि सहयोग जुटाउनेदेखि लिएर समस्या परेकाहरुको समस्या समाधान गर्न लागिपरेका छन्। सामाजिक सञ्जालमा सहयोगका अपील सहितका पोस्टल धेरैको जीवन बचाइ रहेको छ ।बिग्रेको सामान मर्मत गरेर होस् या अन्य सहयोग गरेर । महावीर पुनले पनि यो महामारीको बेला धेरैको सहयोग गरिरहेका छन् ।

दिनभरि जस्तो उनीपनि सामाजिक सञ्जालमा सहयोगको अपिल गरि रहेका हुन्छन् भने आफूले पनि कयौ सहयोग गरि रहेका छन् । उनको अविष्कार केन्द्रले कोरोना महामारीमा सबैको मन् जित्नेगरी काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्