Wednesday, June 29

यस्तो हुन्छ सोमबार जन्मेका मानिसको भाग्य र स्वभाव

August 23, 2021 489

काठमाडौँ । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मवार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । ज्योतिष शास्त्रका अनुसार सोमबार जन्मेका र जन्मने व्यक्तिको गुण, स्वभाव र भविष्य यस्तो हुन्छ ।

सोमबार जन्मिएका मानिसको स्वभाव

सोमबार जन्मिका मानिसको स्मरण शक्ति तेज हुन्छ। जसले गर्दा पढाईमा ध्यान दिने गर्छन्।

सोमबार जन्मिने ब्यक्तिको बोली निकै मिठो हुन्छ। जसले गर्दा उनीहरू सजिलै अरुलाई आकर्षित गर्न सक्ने हुन्छन्।

यस्ता मानिसको जीवनमा सुख दुःख बराबर जस्तै हुन्छ, उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ।

सँधै ऋणमा डुब्छन् यी २ राशिका व्यक्ति, सँधै भइरहन्छ धनको अभाव

सोमबार जन्मिएका मानिसले सबै प्रकारको सम्बन्धलाई महत्व दिन्छन्।

सानो विषयमा पनि संवेदनशील हुने भएको कारणले काम गर्नु अगाडि नर्भस हुन्छन्।

सोमबार जन्मिएका मानिसलाई आफ्नो परिवारसँग प्रशस्त समय बिताउँन रूचाउँछन्।

ध्यान दिएर काम गर्ने भएको कारणले यस्ता मानिसहरू जीवनकालमा सफल हुन्छन्।

सोमबार जन्मने महिलाहरू लजालु स्वभावका हुन्छन्।

सोमबार जन्मिने मानिस विद्वान, कुशल र बहादुर हुन्छन्।

सोमबार जन्मेका पुरुषहरू पनि माया गर्ने स्वभावका हुन्छन्। तर महिलाको तुलनामा पुरुष बढी लोभी हुने गर्छन्

सोमबार जन्मिने मानिसलाई श्वास प्रश्वासको रोग लाग्ने सम्भावना कम हुन्छ ।

प्रतिकृया दिनुहोस्