काठमाडौ । काठमाडौ लगायत मुलुकका धेरै ठाउँमा विहिवार देखि नै वर्षा जारी छ । काठमाडौमा निरन्तर वर्षा भइरहेको छ । मौसमविद्हरुले यस्तो प्रकृया थप केही दिन जारी रहने बताएका छन् । हिजो बिहीबार बिहानदेखि केही स्थानबाहेक देशभर लगातार वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याालका अनुसार कर्णाली र सुदूपश्चिम प्रदेशबाहेक देशका सबै स्थानमा २४ घण्टादेखि निरन्तर पानी परिरहेको हो। ‘कर्णाली र सुदूरपश्चिमका पनि एक दुई स्थानमा वर्षा भइरहेको छ,’ मौसमविद् अर्यालले भने, ‘अरू बाँकी प्रदेशका त अधिकांश स्थानमा वर्षा जारी छ।’
उनले शुक्रवार पनि जारी रहने सम्भावना रहेको बताए। काठमाडौं उपत्यकामा पनि हिजैदेखि निरन्तर झरी छ। ‘तर काठमाडौमा भने शनिवार वर्षाको सम्भावना नरहेको उनको भनाई छ । मुलुकका अन्य भू भागमा भने केही दिन वर्षा जारी रहने छ ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारीरधेरै भारी वर्षा हुने सम्भावना छ।
यस्तै राति धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारीरधेरै भारी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘भोलि (शनिबार) बाट भने वर्षा हुने क्रम केही कम हुँदै जाने सम्भावना छ,’ मौसमविद् अर्यालले भने।
प्रतिकृया दिनुहोस्