Saturday, April 10

मंसिर ११ गते बिहिबार र १२ गते शुक्रबार ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

November 25, 2020 208

काठमाडौं, नियमित कार्यक्रम अन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गतेलाई तय गरिएको कार्यक्रम मंसिरमा सारिएको हो ।परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुलीले यसअघि निर्धारित समयभन्दा डेढ महिना ढिला भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएकाले औ’षधिको समय मिलानका लागि मंसिरमा सारिएको बताउनुभयो ।उहाँले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमँगै जु’काको औ’षधि र पोषण तत्वले बनेको बालभिटा खुवाउनुका साथै बालबालिकाको पाखुराको ना’प लिइने बताउनुभयो ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य ज’टिलता तथा कुपोषणको जो’खिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औ’षधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पो’षक त’त्व बालभिटा कार्यक्रम हुँदै आएको छ ।पराजुलीका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जु’काको औ’षधि खुवाइँदै आएको छ ।

भिटामिन ‘ए’ कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।६ महिनादेखि ५ वर्षउमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य ज’टिलता तथा कु’पोषणको जो’खिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जु’काको औ’षधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।मानव शरीरको वृद्धि, विकास र स्वास्थ्यका लागि आवश्यक पर्ने रा’सायनिक यौ’गिक नै भिटामिन हो । यिनीहरू कम मात्रामा आवश्यक भए पनि शरीरलाई स्वस्थ राख्न र रो’गबाट ब’च्न भिटामिनको आवश्यक पर्दछ ।

भिटामिन बी तथा सी पानीमा र भिटामिन ए, डी, ई र के चिल्लो पदार्थमा घुल्ने भिटामिनमा पर्दछन् ।भिटामिन ए भएका तत्वहरूको से’वनले समग्र रूपमा स्वस्थ रहन र दी’र्घरोग वि’रुद्ध उत्कृष्ट मानिन्छ । दैनिक आहारमा भिटामिन ए को उपयोगले रो’ग प्र’तिरोधात्मक क्ष’मता बढाउँछ । त्यस्तै, र’तन्धो रो’गबाट जोगाउँछ । आँखा ते’जिलो बनाउँछ । यतिमात्र होइन, भिटामिन ए ले छाला, श्वा’सप्रश्वास तथा प्र’जनन स्वास्थ्यसम्बन्धी रो’ग समेत लाग्न दिँदैन । भिटामिन ए को कमीले बालबालिकाको वृद्धि विकास र ग’र्भवती महिलाको स्वास्थ्यलाई असर गर्दछ ।

यसको कमीले रतन्धो रोग लाग्छ । त्यस्तै, बालबालिकामा कु’पोषण, रो’ग प्र’तिरोधात्मक क्षमतामा कमी, दी’र्घ रो’गहरू देखा पर्दछ ।विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रो’ग र स’मस्याहरूको उपचारमा भिटामिन ए को प्रयोग गर्ने गरिन्छ । जस्तैः र’तन्धो रो’ग, दा’दुरा, दी’र्घ झाडापखाला, क’डा कु’पोषण, छालाको रो’ग आदि ।छाला सुख्खा हुनु र छालाको पटकपटक सङ्क्रमण हुनु । आँखा सुख्खा हुनु । राती आँखा देख्न गा’ह्रो हुनु । ग’र्भधान नहुनु । बालबालिकाको ढि’लो विकास हुनु । पटकपटक छाती तथा घाँटीको सङ्क्रमण हुनु ।घा’उ ढिलो नि’को हुनु आदि ।

बालबालिकाको ५ वर्ष उमेर भित्रमा मा’नसिक र शा’रीरिक विकास ती’व्र रूपमा हुने हुँदा पो’षणको कमी हुन नदिन भि’टामिनयुक्त खानाहरू खुवाउन आवश्यक हुन्छ । भिटामिन ए को महत्वपूर्ण स्रोतहरूमा गाँजर, पालुङ्गो, रायो लगायत हरियो सागसब्जी, पहेँलो जातका फलफूलहरू, माछा, घिउ, अण्डाको पहेँलो भाग, फर्सी, ब्रोकाउली, गोलभेडा आदि पर्छन् ।

प्रतिकृया दिनुहोस्