Monday, June 27

निकै कडा स्वभावका हुन्छन् यी राशिका व्यक्ति, गल्ती गर्नेलाई सजिलै छोड्दैनन्

August 27, 2021 192

काठमाडौँ । हरेक मानिसको स्वभाव अलग अलग हुने गर्छ। मानिसको स्वभाव राशि अनुसार पनि फरक पर्ने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ।

आज हामी तपाईलाई केही यस्ता राशिका बारेमा जानकारी दिदैछौँ, यो निकै अलग हुने गर्छन्। यिनीहरुसँग बचेर रहनु नै तपाईको भलाई हुने गर्छ। आउनुहोस् कुन कुन हुन् ती राशि ?

वृष राशिः वृष राशिका व्यक्ति निकै जिद्दि स्वभावका हुने गर्छन्। यिनीहरु एक पटक कुनै काम गर्ने ठानेभने त्यसलाई पूरा नगरी छोड्दैनन्। वृष राशि हुने व्यक्तिको एक स्वभाव भने निकै अचम्मको हुने गर्छ।

यिनीहरु कसैले गल्ती गर्यो भने त्यसलाई सजिलै भूल्दैनन् र माफ पनि गर्दैनन्। जति प्रयास गर्दा पनि यिनीहरुले गल्ती गर्ने व्यक्तिलाई सजिलै माफी दिदैनन्।

कर्कट राशिः कर्कट राशिका व्यक्ति चाडै घुलमिल हुने र निकै दयालु पनि हुने गर्छन्। यिनीहरु आफूले गल्ती गर्दैनन्। गल्ती गर्नेलाई तुरुन्त माफ पनि गरिहाल्छन्। तर यिनीहरुको यो स्वभाव कयौँ पटक दोस्रो व्यक्तिका लागि समस्या पनि बन्ने गर्छ।

यिनीहरु गल्तीलाई तुरुन्त माफ गरेपनि मौका मिल्नासाथ उनीहरुको गल्ती याद दिलाउन पछि हट्दैनन्। त्यसैले यी राशिका व्यक्तिसँग जतिसक्यो पंगा लिने प्रयास नगर्नुहोस्।

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिले समग्रमा गल्ती गर्ने व्यक्तिलाई माफ त गर्छन् । गल्ती गर्ने व्यक्तिसँग यिनीहरु छिट्टै आक्रोश पनि हुने गर्छन्। यिनीहरु दोस्रो व्यक्तिलाई पुनः गल्ती नदोहोर्याउने सर्तमा मात्र माफ गर्ने गर्छन्।

यिनीहरुले एकै पटकमा कहिलै पनि दोस्रो व्यक्तिको कुरामा सजिलै विश्वास गर्दैनन्। यिनीहरुको विश्वास जित्न निकै मुश्किल हुने गर्छ।

कुम्भ राशिः कुम्भ राशिका व्यक्तिले पनि सजिलै कसैलाई माफ गर्दैनन्। आफूले गरेको गल्तीका कारण साच्चिकै आफू लज्जित भएको यिनीहरुलाई आभाव दिलाउन सक्नुभयो भने मात्र यिनीहरुले तपाईलाई माफ गर्छन्। यस राशिका व्यक्ति एक पटक धोका खाएपछि निकै सोच विचार गरेर मात्र दोस्रो व्यक्तिलाई माफ गर्ने गर्छन्।

प्रतिकृया दिनुहोस्