Sunday, April 11

धुवाँसँगै बि’लाएर गयो इन्सपेक्टर बुढाथोकीको बिहेको सपना

November 25, 2020 159

विराटनगर । को’रोनाबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृ,त्यु भएको छ । सशस्त्र प्रहरी बल ३ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृ,त्यु भएको उहाँका सहकर्मी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिनुभएको छ । कोइरालाका अनुसार बुढाथोकीलाई १४ दिन पहिले को’रोना संक्रकम देखिएको थियो ।

त्यसपछि विराटनगर स्थि विराट नर्सिङ होममा उपचाररत हुनु हुन्थ्यो । कोइरालाका अनुसार सुरुको एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप स’मस्या देखिए पछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति करिब सबा ११ बजे उहाँको मृ,त्यु भएको कोइराराले जानकारी दिनुभयो ।

०६८ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका बुढाथोकीले संखुवासभा लगायत पूर्वका विभिन्न ठाउँमा कार्यरत थिए । उनी घरका जेठा सन्तान थिए । घरमा आमा बाबु र भाइ बहिनी रहेकाे तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का वडाध्यक्ष इन्द्रराज लिम्बुले जानकारी दिए। बुढाथोकी सोही वडा निवासी हुन्। उनी अत्यन्तै मिजासिला रहेकाे लिम्बुको भनाइ छ।

बुढाथोकीको निधनले गाउँनै शाेकमा डुबेकाे लिम्बुको भनाइ छ। घरकाे जेठो छाेराको निधनमा उनका बाबुआमा बे’होश अवस्थामा रहेकाे समेत लिम्बुले बताए। उनको बहिनीको विवाह भइसकेकाे र घरमा सानो भाइ र आमा बुबा मात्रै थिए। केही समयपछि विवाह गर्ने तयारी रहेकाे समेत उनका साथीभाई बताउछन्।

प्रतिकृया दिनुहोस्