Monday, June 27

प्रेम विवाहमा विस्वास गर्छन् यी पाँच राशि :

August 30, 2021 278

हिन्दू धर्ममा विवाहको समयमा दुलाह र दुलहीको कुण्डली हेर्ने र मिलाउने परम्परा रहेको छ। यद्यपि धेरै मानिसहरूले कुण्डलीसँग सम्बन्धित परम्पराको पालना गर्दैनन्, विशेष गरी प्रेम विवाहमा। कुण्डलीको ज्योतिष शास्त्रमा विशेष महत्त्व छ। कुण्डलीबाट व्यक्तिको थुप्रै गुणका बारेमा थाहा पाउन सकिन्छ। यस्तोमा केहि राशिका मानिसको कुण्डलीमा प्रेम विवाहको योग धेरै हुन्छ।

मेष राशि:मेष राशिका मानिस धेरै भावनात्मक हुन्छन् र उनीहरु आफूले माया गर्ने मानिसमा पूर्ण विश्वास गर्छन्। यी व्यक्तिहरू आफ्नो हरेक सम्बन्धलाई महत्त्व दिन्छन् र यसलाई कायम राख्न धेरै मेहनत गर्दछन्। मेष राशिको मानिस धेरै जसो आफ्नो सबैभन्दा मिल्ने साथीसँग वा आफ्नै समूह भित्रको मानिससँग प्रेममा पर्छन् र त्यहि व्यक्तिसँग विवाह गर्छन्।

वृष राशि:यी व्यक्ति धेरै दृढ र मेहनती हुन्छन्। यी व्यक्तिहरूलाई निकै थोरै चीजहरू मात्र मनपर्छ। स्वभावैले यी व्यक्तिहरू धेरै जिद्दी किसिमका हुन्छन्। यी व्यक्तिहरू आफ्नो समस्या आफैं समाधान गर्न मन पराउँछन्। यी मानिस आफूले माया गरेको मानिसको लागि जे गर्न पनि तयार हुन्छन्। यी मानिस प्राय: प्रेम विवाह नै गर्ने गर्छन्।

मिथुन राशि:आफ्नो मजाकी र सामाजिक स्वभावद्वारा यी मानिस आफूप्रति धेरै मानिसलाई आकर्षित गर्न सफल हुन्छन्। मिथुन राशिका मानिस आफ्नो काम र साथीको बारेमा गम्भीर नभएता पनि आफ्नो जीवनसाथी भने आफैं रोज्छन्। यी मानिस पनि प्रेम विवाहमा विश्वास गर्छन्।धनु राशि:यस राशिका व्यक्ति धेरै व्यवस्थित हुन्छन् र आफूले सोचे अनुसार नै जीवन बिताउँछन्। धनु राशिका व्यक्तिहरूले आफ्नो स्वतन्त्र इच्छामा विवाह गर्छन्। यी मानिसले जस्तो सुकै समस्यामा पनि आफ्नो प्रेमीको साथ छाड्दैनन्।

मकर राशि:मकर राशिका मानिस आफूले माया गरेको मानिसको साथ कुनै पनि हालतमा छोड्दैनन्। यी व्यक्तिहरू आफ्नो छनौटको साथ धेरै सम्झौता गर्दैनन् र यसकारण ती व्यक्तिहरू प्रायः प्रेम विवाह गर्छन्।

यसैगरी हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ।

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो। मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ।यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा जानकारी गराउदैछौ।

आईतबार:आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन्। यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन्।आइतबार जन्मिने महिला दान(पुण्य गर्ने र निकै चलाख हुनेछन्। यस दिन जन्मेका व्यक्तिहरु सौन्दर्यलाई मन पराउने भएकाले धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । यिनीहरुको बढी रिसाउने बानी भएपनि धेरै मान्छेहरुको विश्वासको पात्र मानिने गर्छन।

सोमबार:यस दिन जन्मेका व्यक्तिहरु पनि उत्तिकै भाग्यमानी हुन्छन। यी व्यक्तिहरुमा स्मरण तेज एकदमै बढी हुने गर्छ। सोमबार जन्मिने व्यक्तिहरु बोलीमा निकै मिठासपन पाउन सकिन्छ।यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ। सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन्।यस दिन जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन्। तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ।

बिहीबार:बिहिबार जन्म भएका व्यक्तिहरु निकै मेधावी, शान्त र समझदार हुने गर्दछन्। उनीहरु निकै विध्वान र पराक्रमी पनि हुने गर्छन।यिनीहरुको ३० वर्ष उमेर नाघे पछि भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ। बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन्।यी व्यक्तिहरुमा नेतृत्व गर्ने गुण हुने भएकाले जुनसुकै क्षेत्रमा काम गरेपनि उच्च पद हाँसिल गर्ने अवसर मिल्नेछ ।
शुक्रबार:शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।

यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ।उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुनेगर्छन। यस बर जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन।शुक्रबार जन्म भएका व्यक्तिहरुले गरेका हरेक कामको नतिजा ढिलो आउने भएपनि सकारात्मक हुने गर्छ।

प्रतिकृया दिनुहोस्