Thursday, July 7

अलिफ खान र रिया खड्काले सुटुक्क गरे बिहे !

August 31, 2021 348

अलिफ खान र रिया खड्काले सुटुक्क गरे बिहे आमाकै सल्लाहमा विबाह गरेपछि यो जोडी पहिलो पटक मिडियामा आयो रियाले बाबु नभएको र आलिफ

जस्तो मान्छेले विबाह गरौँ भन्दा घरबार राम्रो होला भन्ने सोचेर विबाह गरेको रहस्य खोले दुवै मिलेर काठमाडौँमा दोहोरी साँझ खोल्ने गरे तयारी हेर्नुहोस्

भिडियो बाबुकृष्ण महर्जन लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंकको निर्देशन कुर्दै बसेका छन् । नेपाल राष्ट्र बैंकले एक महिना ढिला गरी निकालेको मौद्रिक

नीतिमा लघुवित्त वित्तीय संस्थाहरुलाई क्रस होल्डिङको प्रावधानमा टेकेर मर्जर गराउने नीति लिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा वाणिज्य बैंक विकास

बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएको लघुवित्त संस्थाहरु एक आपसमा अनिवार्य रुपमा गाभिनुपर्ने व्यवस्था गरेको हो ।

‘मौद्रिक नीतिमा क्रस होल्डिङ रहेका कम्पनीहरु मर्जरमा जानुपर्ने व्यवस्था गरेको भए पनि कुनै एक संस्था वा व्यक्तिको कति प्रतिशतसम्म शेयर रहेकोलाई

क्रस होल्डिङ भन्ने स्पष्ट नभएकोले राष्ट्र बैंकको स्पष्ट निर्देशन कुर्दै गरेको अवस्था हो ।नेपाल लघुवित्त वित्तिय संस्था संघका अध्यक्ष एवम् विजय लघुवित्त

काठमाडौको एक बैंकमा ६ वर्ष अघि एक महिलाले २५ तोला सुन बैंकमा धितो राखेकी थिइन् । उनले साँवा ब्याज पनि तिर्दै गइन् । ६ वर्ष अघि १४ लाख रुपैया ऋण लिएको भएपनि उनले साँवा पनि घटाउँदै गएकी थिइन् । काठमाडौको महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा राखेको सो सुन महिलाले सावाँ ब्याज सबै तिरेपछि बैंकले नक्कली सुन रहेछ भनेपछि ऋणी महिला प्रहरीकहाँ पुगेकी छन् ।

साँवा र ब्याज तिरेपछि आफ्नो सुन फिर्ता माग्दा बैंकले नक्कली रहेछ भनेको महिलाको भनाई छ । ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट २५ तोला सुन धितो राखेर १४ लाख रुपैया ऋण लिएकी थिइन् । सुन धितो लिँदा बैंकले जाँचेरै लिएको भएपनि सबै पैसा बुझाएर आफ्नो सुन फिर्ता माग्दा भने नक्कली सुन रहेछ भनेको बिष्णु महर्जन बताउँछिन्।

विष्णुले बैंकलाई हरेक वर्ष आफूले ब्याज र साँवा तिर्दा बैंकले नक्कली सुनको बारेमा कुरा नगरेको उनको भनाई छ । तर जब सुन फिर्ता मागिन् त्यसपछि बैंकले नक्कली भनेको उनको भनाई छ । उनले गत भदौ ९ गते सम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्नु पर्ने भएपनि महामारीका कारण नसकेर असार ३ गते चुक्ता गर्ने उनलाई समय दिएको थियो ।

तर उनी पैसा खोजेर भदौ ९ गते सबै ब्याज र साँवा चुक्ता गर्दै सुन फिर्ता लिन बैंक गएकी थिइन् । म्यानेजर सुनिलकुमार नेपाल र ऋण विभागको प्रमुखले ब्याज र साँवाको पैसा बुझिसकेपछि सुन माग्दा दिन आनाकानी गरेको उनको भनाई छ ।

साँझ सम्म कुर्दा समेत सुन नदिएपछि उनले आफ्ना दाईलाई बैंकमै बोलाइन् तर बैंकका म्यानेजरले सुन दिन्छौं तर हेर्न पाइन्न भनेपछि उनीहरु थप संसंकित भए । केही नलागेपछि विष्णुका दाइले चिनजानको संगठनका केही मानिसहरूलाई बोलाए पछि म्यानेजरले सुन नक्कली रहेछ भनेको महिलाको भनाई छ ।

प्रतिकृया दिनुहोस्