Thursday, September 23

दु’खद खबर : ७ महिनाकी ग’र्भवती उ’पमेयर आशाको को;रोनाले लि;यो ज्या;न !

May 20, 2021 425

सप्तरी । कोरोना भाइरस संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ । सप्तरीमा सोमबारयता चौधरीसहित आठ जनाको ज्यान गएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् । सप्तकोशी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवती समेत थिइन् । उपमेयर चौधरीको स्वास्थ्य झनै शिथील बन्दै गएपछि परिवारसँगको सल्लाहमा ७ महिनाकी गर्भवती उपमेयरको पेटबाट अपरेशन गरी बच्चा निकालीएको थियो ।

नोबेलमै उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए ।

‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।’

प्रतिकृया दिनुहोस्