Sunday, April 11

कप्तान ज्ञानेन्द्र मल्लसहित क्यानका चार जनामा कोरोना संक्रमण

November 26, 2020 268

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकबाट ज्ञानेन्द्रले आफुलाई कोरोना भएको जनाएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले टोलीका चार सदस्यमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । तीन खेलाडी र चालक प्रदीप लामा गरि कुल चार जनालाई कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।

मंगलबार क्यानले टीयू मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक ब्यवस्थापक बिक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने र सुवास खकुरेलले पनि स्वाब दिएका छैनन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।

क्यानले यी चारै जना आइसोलेसनमा बस्ने र ठिक भएपछि प्रशिक्षणमा फर्किने जनाएको छ

प्रतिकृया दिनुहोस्