Saturday, April 10

मूर्ति चोरीको अभियोगमा सांसद दीपक मनाङ्गेकी श्रीमती दिक्षेन पक्राउ, मनाङ्गेपनि तानिदै

November 26, 2020 211

काठमाडौं । मूर्ति चोरी गरेको अभियोगमा दिक्षेन लामा पक्राउ परेकी छिन् । उनलाई मकवानपुर प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती हुन् ।

मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो । दिछेनलाई पक्राउ गरेर पोखरा पठाइएको एसपी राठौरले बताए उनी पदमपोखरी स्थित माइतीमा थिइन् ।

दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।

लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्धा दर्ता भएको थियो । सोहि मुद्दामा जिल्ला अदालत कास्कीले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट पक्राउ गरी कास्की पठाइएको हो ।

स्रोतका अनुसार सांसद मनाङ्गेले नै लामालाई मुर्ति राख्न दिएको बयान प्रहरीलाई दिएकी छन् । श्रीमतीकै बयानको आधारमा मनाङ्गे पनि तानिने संभावना देखिएको छ ।

प्रतिकृया दिनुहोस्