Sunday, September 26

खोप लगाएका ५ सय बढी सुरक्षाकर्मी संक्रमित, ज्यान गुमाउनेको संख्या यस्तो छ

May 20, 2021 461

काठमाडौं । महामारीमा खोप लगाएकाहरु पनि संक्रमित भएका छन् । खोपको विश्वसनियता माथि प्रश्न उठिरहेको बेलामा पहिलो डोज खोप लगाएका पाँच सय प्रहरी संक्रमित भएका हुन् । विज्ञ र चिकित्सकहरुले खोप लगाएकाहरु संक्रमित भएपनि उनीहरुमा गम्भिर समस्या देखिने सम्भावना कम हुने बताएका छन् ।

यद्धपी खोप लगाएकाहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढी संक्रमित भएका हुन् । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म रोग मुक्त भएर ७ हजार ७१४ जना काममा फर्किसकेका छन् । रोगबाट हालसम्म १० जना प्रहरीले ज्यान गुमाएका छन् । प्रहरीमा १५ हजार ३४८ जनाले दोस्रो चरणको खोप लिइसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वबाटै देशमा महामारी फैलाइएको आरोप लगाएको छ । सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको कांग्र्रेसले सरकारको नेतृत्व पङ्तिको अगुवाइमा भएको भिडभाड, तडकभडक र उदघाटन कार्यक्रमहरुले महामारी द्रुत गतिमा फैलिएको बताएको हो ।

“सरकारको नेतृत्वपंतिmको अगुवाइमा गत समयमा भएका भिडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरुले दु्रत गतिमा बढ्न मद्दत गरेको छ,” कांग्रेस सभापति नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “संक्रमित विरामीलाई टाढा टाढाबाट सिमित सहरी क्षेत्रमा रहेका अस्पतालमा पु¥याउन यातायात सुविधानको समस्यासँगै हेलिकोप्टरलगायतका यातायात साधनको चर्को मूल्यले सामान्य नागरिकलाई अस्पताल पुग्न असम्भव भएको छ भने अस्पताल पुगेका बिरामीको चर्को खर्च व्यहोर्नपर्ने स्थितिले आम नागरिकहरु स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर भएका छन् ।”

प्रतिकृया दिनुहोस्