Saturday, April 10

१५ दिन कडा लकडाउन गर्ने

November 12, 2020 249

कात्तिक २७, काठमाण्डौ । काठमाडौ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै संक्रमण कम गर्नको लागि काठमाडौ उपत्यकामा पुन १५ दिन कडा लकडाउन गर्ने तयारी गरेको छ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्देशक समितिले उपत्यकामा पुनः एकपटक कडा लकडाउनुपर्ने सुझाव दिएका हो ।

कोरोना महामारीका कारण देशैभर गत चैत ११ बाट घोषणा गरियो उतm लकडाउन ४ महिनापछि साउन ७ गतेबाट हटाइएको थियो । लकडाउन शुरू गर्दा देशैभर जम्मा २ जनामा संक्रमण देखिएको थियो भने लक डाउन हटाउने निर्णय गरिसक्दा प्रतिदिन औसत ४ सयमा कोरोना संक्रमण भेटिएको अवस्था थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अहिले दैनि हजार देखि २५ सय भन्दा बढी संक्रमित भेटिने गरेका छन् । लकडाउन हटाएर जनजीवन सामान्यी करणतर्फ लैजानुपर्ने माग पनि आमजनताको स्तरबाट उठिरहेको थियो ।

खोप नबनेसम्म कोरोनासँग लडेरै रहनुपर्ने हुनाले व्यक्तिगत तहबाट जनस्वास्थ्यको सबै मापदण्ड अपनाउनुपर्ने, मास्क स्यानिटाइजरको प्रयोग गरिरहनुपर्ने, सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने जस्ता विषयहरूमा सरकार, चिकित्सक, जनस्वास्थ्य विज्ञहरूले निरन्तर दिइरहने सुझावहरू छन्् ।

तर पनि पछिल्ला केही दिनमा काठमाडौ उपत्यकामा संक्रमणको संख्या उकालो लाग्दो अवस्थामा छ भने संक्रमणका कारण हुने मृत्युको आंकडा पनि बढिरहेको छ ।

पहिलेको तुलनामा अहिले जनजिवन विस्तारै सामान्य बन्दै गएको अवस्थामा पुन लक डाउन गर्न उचित नभएको भन्दै सर्वसाधारणले विरोध गरेका छन् । सुरुवाति चरणमा गरिएको कडाउनले कुनै उपलब्धि नभएको भन्दै पुन लकडाउन नगर्न सुझाब दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे भएको छलफलमा छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । संक्रमण बढिरहेको अवस्थामा कोरोना न्यूनिकरण गर्नको निम्ति एकपटक कडा लकडाउन गर्नुको विकल्प नभएको मेयरहरुले बताएका
अहिलेको परिस्थितिमा लकडाउन गर्नु भन्दा पनि जतिसक्दो धेरै संक्रमित पहिचान गर्नको निमित कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायरा बढाउनु पर्ने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न तर्फ सरकारले ध्यान दिनुपर्दछ ।

प्रतिकृया दिनुहोस्