Friday, April 23

प्रहरी नायब निरीक्षक यज्ञमणिको को’रोना संक्रमणबाट मृ’त्यु

November 27, 2020 288

काठमाडौं: जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षकको को’रोनाका कारण बिहीबार मृ,त्यु भएको छ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा बाँकेको नेपाल गञ्जस्थित भेरी अस्पतालमा मृ,त्यु भएको छ। स्वास्थ्यमा सम’स्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए।

बाँकेका को’रोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सईलाई पिसिआर परीक्षणका क्रममा मंसिर ३गते को’रोना संक्रमन पुष्टि भएको थियो। सोही दिन बेलुका उनी भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नभएपछि उनको उपचारका क्रममा मृ,त्यु भए को फोकल पर्सन श्रेष्ठले बताए। नि’मोनियाका कारण उनको मृ,त्यु भएको अस्पतालले जानकारी दिएको छ।

दुई वर्षअगाडि स’रुवा भएर रोल्पा गएका वैदिकले लामो समय प्रहरी चौकी जुँगारको इञ्चार्जका रुपमा जि’म्मेवारी स’म्हालेका थिए। एक महिना अगाडि मात्रै उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा स’रुवा भएका थिए। त्यसै क्रममा उनी बि’रामी परेपछि उपचारका लागि बाँके पुगेको र उपचारकै क्रममा मृ,त्यु भएको भन्ने खबर प्राप्त भएको रोल्पाका एक प्रहरी अधिकारीले जानकारी दिए। सेतोपाटिवाट साभार

प्रतिकृया दिनुहोस्