Thursday, September 23

राजेश हमालले सार्वजनिक गरे राजा विरेन्द्र आफ्नो घर आएको दुर्लभ तस्विर

May 20, 2021 337

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् ।

सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु सामाजिक शेयर गरिरहने गर्छन्।

राजेश हमालले आफ्नो इन्स्टाग्राममा केही समयअगाडी आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन्। उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका हुन् ।यही सोफामा राजा रानी बसेका थिए

तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् । उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्रको परिवार बसेको सोफा अझै मेरो घरमा छ​। मेरो बुवा र मुवा साथ मा। अहिले म त्यही सोफामा बसिरहेको छु ।

प्रतिकृया दिनुहोस्