Wednesday, June 29

संखुवासभा घटनामा यिनै हुन् पक्राउ परेका भतिज

September 11, 2021 201

काठमाडौं । संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको घटनामा सं’ल’ग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अ’प’रा’ध स्वीकार गरेका छन् । भोलि पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

गत आइतबार भएको उक्त घट्नामा सं’ल’ग्न आ’रोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन्। सुरुदेखि नै प्रहरीले उनकाे निगरानी गरिरहेको थियाे। उनले नै यो घट्ना घटाएको तथ्य पुष्टि भएको प्रहरीको भनाइ छ।

अनुसन्धानमा सं’लग्न प्रहरी अधिकारीका अनुसार उनलाई आजै खाँदबारी लाने तयारी छ। पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले आ’रोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन ।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रलोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र कपडा ब’रामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। पारिवारीक दु’श्म’नीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन स’म्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।

घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई ज्यान लिएको देखिएको प्रहरीले जनाएको छ।

‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने। घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि ख’टिएका थिए ।

तेजबहादुर कार्की गाउँकै सहयोगी थिए। सिं’गो परिवार नै गाउँमा सहयोगीको रूपमा चिनिन्थ्यो। छरछिमेकमा आर्थिकदेखि लिएर अरू समस्या पर्दा कार्की परिवारले सहयोग गर्ने गरेको स्थानीय चन्द्रबहादुर थापा बताउँछन्। ‘आर्थिक तथा अन्य सहयोग चाहिएर तेजबहादुर मामाको घरमा जाँदा रित्तै फर्कनु पर्दैनथियो,’ थापा भन्छन्।

गाउँमा भरअभरमा सरसापटीका लागि कार्की परिवार गाउँकै सहयोगी रहेको वडाध्यक्ष खेमनाथ कटुवाल बताउँछन्। ‘कार्की परिवारले वार्षिक ७/८ मन अलैंची उत्पादन गर्थे। दुई छोरा वैदेशिक रोजगारीमा भएकाले घरमा थोरबहुत रकम टु’ट्दैनथियो,’ उनी भन्छन्, ‘सामान्य जीवनयापनमा चलेको भए पनि कार्की परिवार मनको धनी थियो।

अब त्यो परिवारको साथ कसैले पाउने छैनन्।’ कार्की परिवार गु’मा’उनु पर्दा अहिले खोलागाउँ सहाराविहीन बनेको कटुवालको भनाइ थियो। ‘एकै परिवारका ६ जनालाइ स’केर गाउँलाई नै टु’हुरो बनाइदिए,’ उनले भने, ‘अहिलेसम्म गाउँभरि रु’वाबा’सी चलेको छ।’ शो’कमा डु’बेको खोलागाउँलाई पुरानै अवस्थामा फर्कन समय लाग्ने वडाध्यक्ष कटुवालको भनाइ छ।

उनका अनुसार बाहिरबाट जाने जो कोही पनि कार्कीकै घरमा गरेका बास बस्ने गर्थे। कार्की परिवारका बारेमा कुरा गर्दा उनका छिमेकी नि’शब्द हुन्छन्। आँखाभरि आँ’सु टि’लपिला’उँदै त्यो परिवारले समाजमा गरेको सहयोग र लगाएको गुन कहिल्यै भुल्न नसक्ने बताउँछन्।

प्रतिकृया दिनुहोस्