Sunday, June 26

पक्राउ परेको २४ घण्टा नहुँदै प्रहरीले गर्यो फेरी यस्तो आशंका

September 12, 2021 426

मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको ह’ ‘त्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए।

उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो।

तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो। उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गो’प्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ। उक्त कपडासहित घटनामा प्रयोग गरेका सामान प्रहरीले ब’रा’मद गरेको छ।

संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज (आइतबार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्। लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको ह’ ‘त्यामा आफ्नो सं’लग्नता स्वीकार गरेको अनुसन्धानमा सं’लग्न अधिकारीले बताएका छन्।

उनी बौदमानका जेठो दाजुका नाति हुन्। उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ। तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आ’क्र’म’ण गरी ह’ ‘त्या गरेको स्वीकार गरेको अनुसन्धानमा सं’लग्न अधिकारीको दाबी छ।

तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्या’न लि’एको बताएको जनाइएको छ। रणबहादुरका अनुसार छोरा (लोकबहादुर)ले ‘हजुरआमा (पार्वता) बिरामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चि’च्याए।

छोराले तेजबहादुर सडकको भित्तामा मृत अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए। त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको शव देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृत भेटिएको खबर गाउँलेलाई गरेका थिए।

अरूको शव देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मुच्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ। उनमा बेला–बेला बे’होस भइरहने समस्या थियो। प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो। उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए।

प्रतिकृया दिनुहोस्