Saturday, June 12

यिनै हुन् जसलाई २२ वर्षकै कलिलो उमेरमा ३ वर्ष अघि मात्र प्रेम बिबाह गरि ल्याएका श्रीमानले …..

May 21, 2021 145

काठमाण्डौ । ‘सुम्निमा हराई ! खोजी गरिरहेको छु,’ सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा चीसो पस्यो । उनीहरुले ज्वाईंलाई कतै केही त गरेको होइन ? भनी सोधे । सोनाम अकमकिएर खोजी गरिरहेको जानकारी दिए । काभ्रे घर भएका सोनामले सुनकोशीमा फाल हालेको हुनसक्ने भएकाले खोजी गरिरहेको सुनाए ।

सुम्निमाका माइती खलकले शं का लागी प्रहरीमा उजुरी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अगाडि बढायो । सोनाम लामामाथि अनुसन्धानको सुई ते र्सि यो । शुरुमा उनले कोशीमा देह त्याग गरेको हुनसक्ने भने । अपराध लुकाउन खोजे । तर, प्रहरीले चाल पाइसकेको थियो ।

अनुसन्धान गर्दै जाँदा केही प्रमाणहरु फेला पारेपछि सोनामसँग सोधपुछ भयो । उनले वास्तविकता लुकाउनै सकेनन् । ह त्या ग री चौ रीदेउराली गाउँपालिका ९ गोठपानीस्थित घरभन्दा केही तल मकैबारीमा गा डे को भे टि यो । श व गा डे को अवस्थामा फेला पर्यो । ५ जेठमा श व झि कियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोनामले १ जेठको राति ह त्या गरी २ जेठको विहान गा डे को ब या न दिए ।

३ वर्ष अघि मात्र सुम्निमाले सोनामसँग विवाह गरेकी थिइन् । दुवैबीच झाँङ्गिएमो प्रेम विवाहमा परिणत भयो । सुम्निमाले विवाहको वर्ष दिनमै छोरालाई जन्म दिइन् । उनीहरुको जीवन सामान्य तरिकाले बढ्दै थियो । तर, सोनाम विस्तारै कुलततिर लाग्न थाले । उनले सुम्निमालाई कु टपि ट गर्थे । १ जेठको राति उनले योजना वद्ध रुपमै सुम्निमाको ह त्या ग रे । उनको टाउकोमा ग म्भी र चो ट ला गे को खु ले को छ ।

सुम्निमा र सोनामबीच विवाहको २ वर्ष बितेपछि विवाद बढ्यो । उनीहरु एकले अर्कोमाथि आशंका गर्न थाले । प्रहरीका अनुसार सोनामले बयानका क्रममा सुम्निमाको फेसबुकमा विभिन्न केटाहरुको मेसेज आउने गरेको र सम्झाउँदा पनि नमानेपछि ह त्या ग रे को बताएका छन् । दुवैबीच सामाजिक सञ्जालको प्रयोगको विषयले वि वा द भ ए को र ह त्याको का रण पनि त्यही देखिएको काभ्रे प्रहरी स्रोतले जानकारी दिएको छ । रिपोर्टनेपाल बाट

प्रतिकृया दिनुहोस्