Thursday, April 22

पूर्वराजाको पक्षमा देशभर प्र’दर्शन : राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस समर्थक पनि सहभागी

November 27, 2020 233

काठमाडौं : जनआ’न्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे। सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको थियो ।

¥यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत ¥यालीमा सहभागी भएको दाबी गरेको छ। ‘सोचे भन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए ।

अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने। धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको ¥यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ । ¥यालीमा राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको नारा लगाइएको थियो । कैलाली र कञ्चनपुरका सहरी तथा ग्रामीण क्षेत्रबाट मानिसहरू ¥यालीमा सहभागी हुन आएका थिए।

कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले सरकार र राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दाको वितृष्णा ¥यालीमा देखिएको बताए। ‘लोकतान्त्रिक व्यवस्थाप्रति भन्दा पनि लोकतन्त्रमा जे हुने भनिएको थियो त्यो हुन नसक्दा वितृष्णा बढेको हो । वितृष्णा अभिव्यक्त हुनु स्वाभाविक पनि हो,’ उनले भने।

राजसंस्था पुनस्र्थापनाको माग गर्दै रूपन्देहीबाट थालिएको अभियान देशव्यापी हुन थालेपछि रूपन्देहीमा अझ ठूलो प्र’दर्शनको तयारीमा राजावादीहरू लागेका छन् । राष्ट्रियता कमजोर भएको र भ्र’ष्टाचार बढेकाले देशको हितका लागि राजा र हिन्दू राष्ट्र कायम गर्न जरुरी रहेको उनीहरूको निष्कर्ष छ । वीर गोर्खाली अभियान, शिव सेना नेपाल लगायतको नामबाट गत १७ कात्तिकमा मणिग्राम देखि बुटवल सम्म राजा वादीहरूले भव्य ¥याली निकालेका थिए । राप्रपाका केन्द्रीय सदस्य शक्ति सापकोटाले रूपन्देहीमा अझ ठूलो प्रदर्शनको तयारी भइरहेको बताए।

राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै बुधबार राजावादीले पोखरामा ¥याली प्रदर्शन गरेका छन । आयोजक विनाको प्र’दर्शन भनिए पनि शि’वसेना नेपालले ¥याली आह्वान गरेको थियो, जसमा १८ हजार मानिस सहभागी भएको शिवसेनाका अध्यक्ष अनिल बस्नेतको दाबी छ । प्रहरीले भने हजार भन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी कारसहितको ¥याली प्र’दर्शन भएको जनाएको छ।

राष्ट्रियवादी समूहको नेतृत्वमा राजावादीहरूले बुधबार जनकपुरमा ¥याली निकालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, शिव सेना नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिकलगायतका नेता–कार्यकर्ताको ¥यालीमा उल्लेख्य सहभागिता थियो। प्रदेश १ को राजधानी विराटनगरमा गत २७ कात्तिकमा राजावादीले प्रदर्शन गरे ।

उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र मूर्दावाद’, ‘केपी ओली मूर्दावाद’, ‘संघीयता खारेज गर’, ‘धर्म निरपेक्ष संविधान चाहिँदैन, हिन्दू राष्ट्र कायम गर’ लगायत नारा लगाउँदै नगर परिक्रमा गरे । आगामी १४ मंसिरमा राजावादीहरूले हेटौँडामा पनि प्रदर्शन गर्दै छन् । जसमा भित्री रूपमा राप्रपाले सहयोग गरिरहेको छ, तर खुलेर स्वीकार गरेको छैन।

प्रतिकृया दिनुहोस्