Wednesday, June 29

घरमा पुजा गर्दा यस्तो कार्य भुलेर पनि नगर्नुहोस्, मानिन्छ अपवित्र !

September 15, 2021 171

काठमाडौँ । संसारमा मानिसहरु फरक फरक धर्म मान्छन भने धर्म अनुसारको मन्दिर, गुम्बा अथवा विभिन्न ठाउँमा गएर आफ्नो देवतालाई पुजा गर्छौ । त्यसैले तपाई हेरक दिन पुजा गर्न जानुहुन्छ भने यस्तो कार्य भुलेर पनि नगर्नुहोस् ।

– शिव, गणेश अनी भैरवलाई भुलेर पनि तुलसी चढाउनु हुँदैन ।

-स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाई तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।

– तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।

– बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।

– सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन । बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।

-प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।काठमाडौँ । पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन ।

पुरुषले निकट संबन्ध राख्न नहुने स्त्रीहरु

पूर्व प्रेमिका
सके सम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ । किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाई र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो । तर उनलाई पुनः जीवनमा तान्नु पश्चातपका कारण मात्र बन्न सक्छ ।

मिल्ने साथीकी बहिनी
आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् । यसले तपाईको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन । यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ । बहिनीसँगको निकटताले तपाईको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ ।

कुख्यात महिला
कुनै पनि महिला जसको विषयमा तपाईले निरन्तर नकारात्मक समाचार मात्र सुन्नु हुन्छ । उनीसँग पनि नजिकको सम्बन्ध नराख्नुस् । सामान्य सम्बन्ध राख्न यस्ता महिला काम लागे पनि गम्भिर सम्बन्धले समस्या निम्त्याउन सक्छ ।

धनी खोज्दै हिँड्ने केटी
धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । धनी खोज्ने केटीसँग डेट जान रमाइलो भएपनि लामो सम्बन्ध बनाउनु आफूलाई समस्यामा पार्नु जस्तै हो ।

साथीकी पुर्व प्रेमिका
यदि तपाईको साथीसँगको सम्बन्ध मूल्यवान छ भने उसकी पूर्व प्रेमिकासँग नजिकिनुस् । यो साथीसँगको सम्बन्धप्रतिको इमान्दारिता पनि हो । यसले तपाईको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ ।

प्रतिकृया दिनुहोस्