Wednesday, June 29

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै

September 17, 2021 155

काठमाडौँ । सरकारले चनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ।
खोप लिन बिहीबार राति चीनतर्फ उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमान आज दिउँसो २ बजे खोप लिएर फर्किने छ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ।

अहिलेसम्म कोभिशील्ड २४ लाख ४८ हजार मात्रा, भेरोसेल ७४ लाख मात्रा, जोन्सन एन्ड जोन्सन १६ लाख मात्रा, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरेको छ।
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज हिजो (बिहीबार) साँझ ५ः४५ बजे बेइजिङ उडेको थियो ।

काठमाडौँ । ज्योतिष विद्या यस्तो विद्या हो जसले केहि न केहि तरिकाबाट मानिसको भविष्य बताउँछ । पछिल्लो समयमा यो विद्या प्रमाणित पनि भइसकेको छ।

विभिन्न तरिकामध्ये ज्योतिष विद्याको एक तरिका हो हस्त रेखा । यहि रेखाको माध्यमबाट ज्योतिषले तपाईको आफ्नो जीवनको बारेमा धेरै कुरा बताउँछन्।

हस्थरेखाको अनुसार पुरुषको दायाँ हात र महिलाको बायाँ हातको रेखा हेर्ने गरिन्छ । हरेक व्यक्तिको हत्केलामा विभिन्न प्रकारका हस्तरेखाहरु हुन्छन्। आज हामी तपाईलाई हत्केलामा भएको यस्तै एउटा रेखाको बारेमा बताउँन गइरहेका छौ।

के हो हस्तरेखा ?

हस्तरेखा शास्त्रको प्राचिन ज्ञानको आधारमा हत्केलाको रेखा मानिसको व्यक्तित्व र भविष्यको सम्भावना जस्तै करियर , जीवन , विवाह, धन र स्वास्थ्यसम्वन्धी विभिन्न कुराहरु बताउँछ। हातको रेखा हेरेर भविष्यको अनुमान लगाउन सकिने हजार वर्ष पहिलेनै हिन्दू ऋषि बाल्मीकिले ५६७ छन्द युक्त एक गन्थ्रमा उल्लेख गरेका थिए।

हत्केलामा ‘X’ हुनु : मिस्रका विद्वानका अनुसार सिकंदर महानको हातमा पनि यस्तो चिन्ह देखिएको पाइन्छ । सिकंदरको हत्केलामा बाहेक यस्तो चिन्ह अन्य व्यक्तिको हत्केलामा समेत देख्न सकिन्छ। जुन संसारमा ३ प्रतिशत मानिसको हत्केलामा मात्र पाउँन सकिन्छ।

भर्खरै हत्केलामा ‘X’ रेखाको बारेमा जानकारी र यस्तो रेखा हुनेहरुको भाग्यको बारेमा गरिएको एक रिर्सच गरिएको थियो मास्को यूनिभर्सिएटीमा । उक्त रिर्सचले एक पेपरनै निकालेको छ।

उक्त विश्वविद्यालयमा भएको शोधमा शोधकर्ताले २ मिलियन मानिसको बारेमा जानकारी एकिकृत गरेका थिए । जसमा जीवित वा मृत दुवै मानिसमा गरिएको उक्त शोधका अनुसार जुन मानिसको हातमा ह चिन्ह हुन्छ उनीहरु ठूला नेता हुने , कोहि व्यक्ति लोकप्रिय वा कोहि व्यक्ति ठूला-ठूला कामको लागि प्रसिद्ध भएको भेटिएका थिए।

के हो यसको अर्थ ? जुन व्यक्तिको दुवै हातमा यस्तो रेखा हुन्छ उनीहरु ठूलो काम गरेर प्रसिद्ध हुने तथा मरेपछि पनि यादगर हुने गर्छन्। जुन व्यक्तिको एउटा मात्र हत्केलामा यस्तो चिन्ह हुन्छ उनीहरु प्रतिष्ठित हुने र सफलताले उनीहरुको कदम कदममा चुम्ने बताइन्छ।

प्रतिकृया दिनुहोस्