Saturday, October 16

नयाँ एयरपोर्ट भन्सार नियम :विदेशबाट नेपाल आउदा यी सामानमा लाग्ने भयो भन्सार, कति..?

September 19, 2021 180

काठमाडौं । के तपाई वैदेशिक रोजगारीबाट नेपाल फर्कदै हुनुहुन्छ ? कुन सामान नेपाल ल्याउँदा कति रुपैंया भन्सार तिर्नुपर्छ भनेर जान्न चाहनुहुन्छ ? त्यसो हो भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुनेछ । भन्सार विभागले पछिल्लो समय कायम गरेको भन्सार दररेट बारे जानकारी दिंदैछौं ।

नेपाली नागरिक नेपाल सरकारको श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा जानु भएको हो ? र १२ महिना वा सो भन्दा बढी विदेश बसेर नेपाल फर्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वीकृती भएको साथै लगातार १ वर्ष भन्दा बढी बैदेशिक रोजगारी गरी नेपाल फर्कनु भएको हुँदा एक पटकको लागि ३२ इन्च सम्मको टिभीमा महसुल लाग्दैन ।

यदि तपाई १२ महिना भन्दा कम अवधि विदेश बसेर नेपाल फर्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वीकृती भएतापनि साथै लगातार १ वर्ष भन्दा कम मात्र विदेश बसी फर्कनु भएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ ।

साथै यदि तपाई नेपाल सरकारको श्रम स्वीकृती नलिइ वैदेशिक रोजगारीमा जानु भएको हो भने तपाईंको श्रम स्वीकृती नभएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ।

३२ इन्च भन्दा ठुलो नेपाल ल्याउँदै हुनुहुन्छ भने टेलिभिजन महशुल भन्सार कार्यालयद्वारा कायम गरिएको मूल्यमा : भन्सार महसुल २० प्रतिशत, अन्तशुल्क १० प्रतिशत, र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्नेछ ।

प्रतिकृया दिनुहोस्