Tuesday, January 18

असार पहिलो सातादेखि विद्यालय संचालन गर्न निर्देशन

May 21, 2021 612

काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ।नगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले सरकारले संसोधित

नियमावलीअनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए।केन्द्र सरकारकै

निर्देशनअनुसार शिक्षा अधिकारी सुवेदीको हस्ताक्षरसहितको निर्देशन सबै विद्यालयहरुलाई आइतबार नै दिएको सूचनासमेत वेवसाइटमा प्रकाशित गरिएको छ।विद्यालयहरुलाई दिएको निर्देशनमा शैक्षिक सत्र ०७७

वार्षिक परीक्षा मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरेअनुसार विद्यालयहरुले अनुकुल हुने गरी उपयुक्त मूल्यांकन गर्न उल्लेख गरिएको छ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्