काठमाडौं। गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन्। बिहीबार खुम्बु पुगेर उनीहरुले इन्गेजमेन्ट गरेका हुन्।
बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।
हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए। खुम्बु पुगेपछि शरदले प्रपोज गरेको बताइन्। उनले भनिन्, ‘हिमालमा पुगेपछि उहाँले मलाई प्रपोज गर्नुभयो। मैले हुन्छ भनिदिएँ।’
हेलिकप्टरको पाइलटले शरदले प्रपोज गरिरहेको भिडियो खिचेर हालिदिएको उनले बताइन्। हेलिकप्टरको क्याप्टेनले भिडियो हालेको आफूले आज बिहान मात्रै थाहा पाएको इन्दिराको भनाइ छ। ‘हिजै बेलुका उनले भिडियो हालेका रहेछन्,’ उनले भनिन्, ‘मैले पनि बिहान थाहा पाएँ। भाइरल भइसकेको रहेछ।’
इन्दिरा र शरद लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सार्वजनिक रुपमा इन्दिराले आफू प्रेममा भएको बताए पनि कोसँग भन्ने खुलाएकी थिइनन्।काठमाडौं, ७ असोज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजदूत फिर्ता बोलाएकोमा आक्रोश पोखेका छन् । आफ्नो भाग पुर्याउन, कार्यकर्ता भर्ती गर्न योग्य काबिल राजदूतहरुलाई फिर्ता बोलाएको आरोप लगाए । ‘राम्रो काम गरिरहेका, विशेषज्ञ, पिएचडी, बेस्ट एम्बेस्डर अवार्ड पाएका राजदूत फिर्ता गरेको छ । किनभन्दा आफ्नालाई भाग दिनुपर्यो । पठाउनुपर्यो,’ उनले भने ।
बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पक्षपात गरेको भन्दै देखाउन थपिएको समय सकिन ७ दिन बाँकी रहेकी जापानकी राजदूत प्रतिभा राणालाई फिर्ता बोलाएर जनता झुक्याउन खोजेको आरोप लगाए । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । राणाको कार्यकाल अगाडि नै सकिए पनि ओली सरकारले थपेको थियो ।
‘जापानको महामहिम पनि फिर्ता बोलाए छ । उहाँ अबको ७ दिनभित्रै फर्किनै पर्थ्यो । हामीले केही समयका लागि समय थपेका थियौ । त्यो सकिँदै थियो । तर, पक्षपात गरेको छैन भन्ने देखाउन आफ्नोलाई पनि फिर्ता बोलायौं रे । कस्तो छलि कुरा ? पहिले नै तय भइसकेको कुरा, सेप्टेम्बर फिर्ता आउने कुरालाई फिर्ता भनेर ल्याएर जनता झुक्याउने ? यो केटाकेटी खेल हो ? जनता झुक्याउन अब सकिँदैन,’ उनले भने ।ओलीले ‘एमालेको दुई वर्ष सरकार टिक्ने हो भने विचराहरूको सटर बन्द हुन्थ्यो, घ्यार्र सटर बन्द । राजनीतिक सटर बन्द हुन्थ्यो’ त्यसैकारण हटाएको आरोप लगाए ।
प्रतिकृया दिनुहोस्