Saturday, October 16

नेपालबाट दिल्ली जाँदै गरेको बस दु’ र्घटना १७ जनाको मृ’ त्यु

September 26, 2021 208

भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठो’ क्किँदा दु’ र्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठो’ क्किँदा १० जना भन्दा धेरै घा’ इते भएका र उनीहरुको अस्पतालमा उ’ पचार भइरहेको छ ।

ज्या’ न गु’ माउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् ।उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।दु’ र्घटनामा ज्या’ न गु’ माउनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घो’ षणा गरेको छ ।यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्या’ न गु’ माएकाका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घा’ इतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घो’ षणा गर्नु भएको छ ।चितवन। गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोकबाट हराएकी २१ वर्षीय बिना सापकोटालाई अहिलेसम्म भेट्न सकिएको छैन।छोरीको झझल्को र यादले बिक्षिप्त बनेका बुबा जयश्वर सापकोटा र आमा रिता सापकोटा अझै पनि छोरी फर्कने आशमा नै छन् । उनीहरुले रितालाई देशका विभिन्न ठाउँमा सकेसम्म खोजे तर भेट्न सकेनन् । बुबा जयेश्वर सापकोटाले नारायणी अनलाइनलाई भने, ‘देशभरका सबै ठाउँमा आफन्तहरु मार्फत् खोजी सक्यौं । तर, कतै भेटिएको छैन । अझै पनि पर्खन्छन् कि भन्ने त लाग्छ ।’ उनले आमा रिता सापकोटा छोरीको पीरले निकै बिक्षिप्त बनेर अहिले बल्ल अलीअली उठेर काम गर्न थालेको बताए । उनले भने, ‘ आमा रिता अहिले बल्लबल्ल अलीअली उठेर काम गर्न थालेकी छन्। नातीसँग भुल्दा अलीअली घटना बिर्सने प्रयास गर्दैै छन् ।’ कतै बे’वारिसे ला’श भेट्दा पनि कतै छोरी कैको होकि भनेर उनीहरुको मुुटु धड्किन्छ । हालसालै रजहरमा भेटिएको बे’वारिसे श’वलाई डीएनए परीक्षणका लागि काठमाडौँ पठाएको बुबा जयश्वरले बताए।

असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा भरतपुरको चौबिसकोठीबाट बेपत्ता भएकी थिइन् । उनको प्रेमी प्रवेश कँडेलले बिनालाई गैँडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर उनी प्रवेशसँग गएकी थिइन् । अहिलेसम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको परिवारले बताउँदै आएको थियो।

भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि बिनाको प्रेम सम्बन्ध रहेको थियो । दुई वर्षपछि विवाह गर्ने भन्ने चर्चा परिवारमा चलेको थियो । बुबा सापकोटाले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका थिए । प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको थियो ।जिल्ला प्रहरी कार्यालयले यस घटनामा सबै अनुसन्धान सकेर अदालतमा पेस गरेको थियो । अहिले चितवन जिल्ला अदालतले घटनाका मुख्य आरोपी प्रवेश कँडेललाई तारेखमा छाडेको छ । चितवन प्रहरी प्रवक्ता सूर्य थापाले अहिलेसम्म बिना सापकोटा नभेटिएको बताए । उनले भने, ‘हामीले सबै अध्ययन सकेर घटना अदालतमा गएको हो । अहिले के भइरहेको छ । हामीलाई थाहा छैन ।’

२१ वर्षीया बिना गैँडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन् । हराउनु अघि बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी थिइन् । प्रवेशले पनि फेसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका थिए । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट थियो तर बेलायत फर्कनु अगाडि चितवन प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको थियो ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् ।चितवन प्रहरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका थिए । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका थिए । साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर बुबा जयश्वरलाई आएको थियो । युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका थिए । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर

आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका थिए । जयश्वर र प्रवेशले राति २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए। अध्ययनकै क्रममा बिना फटाफट हिड्दै पुलचोकतिर गएको नारायणगढको सीसी क्यामरा फुटेजमा देखिएको थियो । असोज १४ गते उनी हराएको तीन महिना पुग्छ । अहिलेसम्म बिनाको अत्तोपत्तो नहुँदा बिनाका बुबाआमा कि लाश त कि श्वासको खोजीमा झनै पीडामा दिन कटाइरहेका छन्।
हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला, सर्वसाधारण चकित९ आश्विन २०७८, शनिबार ११:५७म सबैको प्रेमिका बन्न सकिन: कोमल वली९ आश्विन २०७८, शनिबार ०५:१२श्वेता खड्काको पैसा फिर्ता नगर्ने व्यवसायी गुरुङ पक्राउ८ आश्विन २०७८, शुक्रबार १५:२८रुकुमका खेम बहादुर घर्तीलाई श्री ५ महाराजाधिराज बन्ने रहर चलेपछि …८ आश्विन २०७८, शुक्रबार ११:५७राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती८ आश्विन २०७८, शुक्रबार ०५:०४माओवादी केन्द्रको सर्वेक्षणमा केपी ओली नै देखिए असल र समक्ष नेता७ आश्विन २०७८,

प्रतिकृया दिनुहोस्