Wednesday, June 16

बिहीबार बिहानदेखि वेपत्ता भएका भुर्तेलको शव बेगनास तालमा फेला

May 21, 2021 201

पोखरा, ७ जेठ । पोखरास्थित बेगनास तालमा एक युवकको शव फेला परेको छ । बिहीबार बिहानदेखि वेपत्ता भएका कास्की माझठाना घर भइ हाल पोखरा–२७ मा बसोबास गर्दै आएका ४२ वर्षीय राजुप्रसाद भुर्तेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

विना सूचना बिहीबार बिहानदेखि बेपत्ता भएका भुर्तेलको खोजीमा रहेका परिवारका सदस्य र प्रहरी टोलीले उनको शव वेगनास तालमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

भुर्तेलको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको उनले बताए । भुर्तेलको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान शुरु गरिएको डिएसपी हमालले बताए ।

प्रतिकृया दिनुहोस्