महाबिर पुनले गण्डकी प्रदेशलाई दिए “कोरोनाको स्वाब संकलन गर्ने गाडी”

November 28, 2020 214

काठमाडौं : आज राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी प्रदेशलाई वडा वडा र गाउँ गाउँ गएर “कोरोनाको स्वाब संकलन गर्ने गाडी” हस्तान्तरण गरेको छ । सो गाडी आज गण्डकी प्रदेशको मुख्य मन्त्रीज्युले बुझेर पश्चिमान्चल स्वास्थ्य निर्देशना लयलाई हस्तान्तरण गर्नु भएको छ । को’रोनाको महामारी सकिएपछि सो गाडी राष्ट्रिय आविष्कार केन्द्रलाई फिर्ता गर्ने महाबिर पुनले जानकारी गराएका छन् ।

महाबिर पुनले फेसबुकमा लेखेका छन् : लौ सुन्नु होस् आज गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको “को’रोनाको स्वाब संकलन गर्ने गाडी” को बारेमा । सो गाडी आज गण्डकी प्रदेशको मुख्य मन्त्रीज्युले बुझेर पश्चिमान्चल स्वास्थ्य निर्देशनालय लाई हस्तान्तरण गर्नु भएको छ । सो गाडी वडा वडा र गाउँ गाउँ गएर स्वाब संकलन गर्ने योजना छ ।

को’रोनाको महा मा’री सकिए पछि सो गाडी राष्ट्रिय आविष्कार केन्द्रलाई फिर्ता गर्नेछन । अरु प्रदेश हरुलाई पनि यस्तै सहयोग चाहिएको छ भने सम्पर्क गर्नु होला । राष्ट्रिय आविष्कार केन्द्रले नयाँ गाडी किनेर प्रदान गरेको होइन । धेरै जना नयाँ गाडी नै किनेर दिएको हो कि भनेर झुक्किनु भयो होला । राष्ट्रिय आविष्कार केन्द्रको नयाँ गाडी किनेर दिने क्षमता पनि ता छैन ।

सो गाडी “जन स्वास्थ्य सरोकार ट्रष्ट” द्वारा संचालित काठमाडौँ मोडेल अस्पताल र किर्तिपुर अस्पतालले एम्बुलेन्सको रुपमा चलाएको पुरानो गाडी हो । सो ट्रष्टले नयाँ एम्बुलेन्स किने पछि थन्किएको सो गाडी लाई राष्ट्रिय आविष्कार केन्द्र लाई प्रदान गरेको थियो । राष्ट्रिय आविष्कार केन्द्रमा सो गाडी ल्याएर करिब २ लाख रुपैंया जति खर्च गरि त्यसको ईन्जिन नै खोलेर पूर्ण रुपमा मर्मत गरिएको हो ।

अनि त्यसलाई स्वाब संकलन गर्ने गाडीमा परिणत गरिएको हो । त्यस्तो स्वाब संकलन गर्ने केहि गाडीहरु केहि महिना अगाढी NAST ले बनाएर हस्तान्तरण गरेको थियो । त्यहि भाईहरु राष्ट्रिय आविष्कार केन्द्रमा आएर सो गाडीमा स्वाब संकलन गर्ने सिस्टमहरु जो डेका हुन् । यो गाडी भित्रको हावाको चाप बाहिरको भन्दा बढी हुने गरेर मिलाईएको छ जसले गर्दा भित्र बस्नेलाई को’रोनाको भाइरस सर्ने चान्स एकदमै कम हुन्छ ।

त्यसमा कसरी काम हुन्छ भनेर एउटा भिडियो तल राखिएको छ सो पनि हेर्नु होला ।यस्ता पुराना गाडीहरु हजारौंको संख्यामा नेपाल भरि नै छन । तिनीहरुलाई मर्मत सम्भार गरेर अथवा ब्याट्री द्वारा चल्ने गाडीमा परिणत गरेर पनि अझ धेरै समय सम्म प्रयोग गर्न सकिन्छ भन्ने कुराको जानकारी सबै नेपालीहरुलाई गराउंदछु ??

प्रतिकृया दिनुहोस्