Sunday, April 11

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

November 28, 2020 368

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।सन्दीपले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । सन्दीपले आफुलाई बुधबारदेखि सामान्य लक्षण देखिएको जानकारी दिदै अहिले सुधार भइरहेको बताएका छन् ।सन्दीपले आफु अहिले होम आइसोलेसनमा रहेको र छिट्टै ठिक भएर मैदानमा आउने बताएका छन् ।सन्दीप कोरोना संक्रमण भएका चौथो राष्ट्रिय खेलाडी हुन् । यस अघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो ।

तर खेलाडीमा कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहमा पुनः पिसिआर परिक्षण गरिएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ । टोलीका कार्यबाहक व्यवस्थापक विक्रम न्यौपानेले शनिबार यी तीनै जना खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने बताएका छन् ।बिहिबार देखि बन्द प्रशिक्षण थाल्नुअघि १६ खेलाडीको पिसिआर परिक्षण गरिएको थियो । जसमा तीन खेलाडीमा पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ ।

सुरुवाती २२ र पछि पाँच थप गरि कुल २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।उक्त तीन खेलाडीको सम्पर्कमा आएका सन्दीप जोरा, अभिनाश बोहरा, कमल सिंह ऐरी, राशिद खान, किशोर महतो र कुशल भुर्तेललाई होटलको आइसोलेसनमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस्