Wednesday, June 29

एक हप्तासम्म लगातार बिहान खाली पेटमा किसमिसको पानी पिउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

September 28, 2021 245

काठमाडौँ । अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ।

यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ।

भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किसमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ।

कसरी बनाउने किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस्। बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किसमिसलाई मज्जाले चपाएर खानुहोस्।

किसमिस एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो। यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ।

किसमिसमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ।

किसमिसमा एन्टिब्याक्टेरियल गुण हुन्छ। जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।

किसमिसमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ।

यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किसमिस र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ।

किसमिसमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ।काठमाडौँ । हाल देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

बिगत २०७८ आश्विन ८ गते (२०२१ सेप्टेम्बर २४ तारिक) मा बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र (Deep depression) बन्न शुरु भई आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍ आश्विन १० गते (२६ तारिक) का दिन उडिसाको जमिनमा अवतरण (landfall) भई हाल न्यून चापिय क्षेत्र (Depression) को रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ।

यसको अप्रत्यक्ष परिधीय असर (Periferal Effect) का कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने संभावमा भने न्यून रहेको छ।

यस्तो छ तीन दिने मौसम पूर्वानुमान

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १३ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १४ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्