काठमाडौँ । वि सं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म-यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा म’रे’काबारे जानकारी पायो । गैँडा मा-रेपछि त’स्क’र आफ्नो योजनाअनुसार गैँडाको खा’ग बि’क्री ग’र्न सफल भए ।
तस्करले खागका लागि धमाधम गैँडा मा’र्न था’लेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८÷७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ ग-यो । चालु आवमा पक्राउ परेकामध्ये छ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो । अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मा’र्नमा सात सं’ल’ग्न र’हे’को तथ्य बाहिरियो भने तीन जना पक्राउ परे । अझ रोचक के छ भने ती तीनमध्ये दुई जना सहोदर दाजुभाइ हुन् ।
मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा सं’ल’ग्न र’हे’को निकुञ्जले जनाएको छ । ती दुई दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि पक्राउ परेका छन् । यसरी एकैपटक तीन दाजुभाइ गैँडा त’स्क’री मु’द्दामा पक्राउ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मा’र्न सं’ल’ग्न र’हे’को निकुञ्जले जनाएको छ ।
उनीहरुसहित निकुञ्जले मङ्गलबार आठ त’स्क’रलाई सार्वजनिक गरेको छ । चार गैँडा मा’री खा’ग बि’क्री ग’रे’को ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सो क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, “एउटै परिवारका धेरै सदस्य गैँडा त’स्क’रमा सं’ल’ग्न हु’नु ग’म्भी’र हो, दो’षीलाई क’डा कार’बाही हुने कानुन बन्नुपर्छ ।”
उहाँले विभिन्न चुनौतीका बाबजुद उनीहरुलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । “ठेगाना परिवर्तन र प्राविधिक समस्याका कारण अझै अभियुक्तलाई समयमै पक्राउ गर्न सकिएको छैन, एउटै व्यक्तिलाई विभिन्न नामबाट सजाय तोकिएका छन्, उनीहरुलाई पक्राउ गर्न कठिन छ”, प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो ।
निकुञ्जले मङ्गलबार सार्वजनिक गरेका अन्य तस्करका आरोपीमा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० गैँडाकोट–१ बस्दै आएका ३२ वर्षीय गोपाल सारु, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ घर भएका वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका–९ घर भएका २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरि–४ नयाँबस्ती घर भएका २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।
त्यसपछि १७ मध्ये आठ जना पक्राउ परेका र निकुञ्जले नौ जना अझै फ’रार र’हेको जनाएको छ । निकुञ्जका अनुसार चालु आव २०७८÷७९ वर्षमा गैँडा मुद्दामा १४ पक्राउ परिसकेका छन् । अघिल्लो आव २०७७÷७८ मा २८ र यस वर्ष १४ गरी हालसम्म ४२ जना पक्राउ परेका छन् ।
प्रतिकृया दिनुहोस्