Wednesday, June 29

झुक्किएर पनि नसुत्नुहोस् यी ३ समयमा, नत्र रिसाउनेछिन् लक्ष्मी

September 29, 2021 256

काठमाडौँ । शास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पु-याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पु-याउनुको साथै हानिकारक मानिन्छ । यी हुन् सुत्नै नहुने तीन समय

घाम झुल्किएपछि

शास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

मध्यान्नको समय

मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

घाम अस्ताउने बेला

घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

सुत्दा ध्यान राख्नुपर्ने अन्य कुरा

राति खाना खानेबित्तिकै नसुत्नुहोला । खाएपछि एकछिन पैदल हिँड्नुस् वा वज्रासनमा बस्नुस् । खाना खाएको कम्तीमा दुई घन्टापछि सुतेको राम्रो हो । सुत्नुअघि राम्रो सकारात्मक सोच जगाउने पुस्तक पढेको बेस ।

भगवानको मन्त्र जपेर सुत्दा खराब सपना आउँदैनन् । सुत्नुअघि सुमधुर संगीत सुन्नुभए हुन्छ । राति छिटो सुतेर बिहान ब्रह्म मुहूर्त वा सूर्योदयको समयमा उठ्नु ठीक हुन्छ । सूर्योदयपछि पनि खाटमा पल्टिरहँदा आलस्य बढाउँछ।काठमाडौँ । मानिसको शरीर पानीको संरचनाबाट बनेको छ। मानिसको शरीरमा ६५ प्रतिशत पानी हुने गर्छ। शरीरको संरचना पानीबाट बनेका कारण शरीरमा पानीको महत्व अन्य पदार्थभन्दा निकै हुने गर्छ।

मानिस खाना बिना केही दिन जीवित हुनसक्छ । तर पानी बिना कोही पनि व्यक्ति जीवित हुन सक्दैनन्। यदी तपाई केही दिन पानी नपिउनुभयो भने शरीरका अंगले विस्तारै काम गर्न छोड्छ। त्यही कारण मानिसको शरीरमा पानीको निकै महत्व हु्ने गर्छ।
आज हामी तपाईलाई बिहान बानी मुख पानी पिउनुका फाइदाका बारेमा जानकारी दिदैछौँ। आउनुहोस् जानौँ खाली पेटमा पानी पिउनुका फाइदाका बारेमाः

मोटोपन कमः यदी तपाईले विहान मनतातो पानी पिउनुभयो भने यसले शरीरको तापमान नियन्त्रणमा राख्न सहयोग गर्छ। तातो पानीको सेवनले आन्तरिक तापमान कम हुन्छ, जसका कारण हाम्रो शरीरको पाचन प्रक्रिया शुरु हुन्छ। जसले गर्दा खानाको फ्याट एकै गाउँमा रहन पाउँदैन र मोटोपनको समस्या हटेर जान्छ।

पातलो कपाल
यदी तपाईले मुलायम र चमकदार कपाल चाहनुहुन्छ भने बिहान खाली पेटमा मनतातो पानीको सेवन गर्नुहोस्। मनतातो पानीको सेवनले कपालको जरामा पाइने स्नायुलाई उर्जा प्रदान गर्छ। साथसाथै यसले कपालको जरालाई सक्रिय राख्नमा पनि सहयोग राख्छ। जसका कारण कपाल टक्लु हुने वा कपालको ग्यापक हटेर जान्छ।

कब्जियतको समस्या
मानिसलाई कब्जियतको समस्या तब हुन्छ जब पाचन प्रक्रियामा कुनै हलचल हुँदैन्। यदी तपाई कब्जियतको समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस्। मनतातो पानीले पाचन प्रक्रियालाई स्वस्थ राख्न सहयोग गर्छ। जसले गर्दा कब्जितको समस्या हटेर जान्छ।

कपालको रोग
मनतातो पानीले कपालको कोशिकालाई उर्जा प्रदान गर्ने काम गर्छ। मनतातो पानीले कपाललाई बढ्न पनि सहयोग गर्छ। यदी तपाई कपाल लामो बनाउन चाहनुहुन्छ भने बिहानै खाली पेटमा मनतातो पानीको सेवन गर्नुहोस्।

प्रतिकृया दिनुहोस्