Saturday, April 17

अमेरिकामा ३३ वर्षीय नेपाली डाक्टर रोशनको निधन, डाक्टर पढ्न लिएका थिए ३ लाख डलर ऋण

November 28, 2020 212

अमेरिकामा कार्यरत एक नेपाली डाक्टरको असामयिक निधन भएको छ । अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत ३३ वर्षीय डाक्टर रोशन झाको हृदयघातका कारण निधन भएको हो ।

उनको श्रीमती स्वेता ठाकुर पनि डेन्टिस्ट बिषयको अध्ययनरत बिद्यार्थी हुन् । निधन भएको दिनमा पनि बिरामीको उपचारमा खटिएका डाक्टर रोशनकी श्रीमती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन। पारिवारिक स्रोतका अनुसार डाक्टर रोशनले डाक्टर पढ्नकै लागि करिब ३ लाख डलर लोन लिएका थिए । तर उनले डाक्टर पढ्न लिएको ऋण तिर्न नपाई नै ज्यान गुमाए ।

उनले लिएको त्यति धेरै ऋण तिर्ने सामर्थ्य विद्यार्थी श्रीमतीमा छैन । त्यसैले उनी कार्यरत अस्पतालका साथीहरु र आफन्तहरुले गो फण्ड मिको अकाउन्ट खोलेर सहयोगको माग गरेका छन् । यो समाचार तयार पार्दा सम्म गो फण्ड मिमा १ लाख ६० हजार डलर सहयोग आइसकेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

निक्कै राम्रो डाक्टर रोशनले कोभिड-१९ को बेला पनि फ्रन्टलाइनमा रहेर बिरामीको सेवा गरेको साथिहरुले बताएका छन । रोशनलाई सहयोग गर्न चाहनु हुनेले गो फण्ड मीको यो लिंकमा गएर सहयोग समेत गर्न सक्नुहुनेछ

प्रतिकृया दिनुहोस्