Thursday, July 7

टिकटकबाटै कमाएर ७० लाखको घर भनाएका नेत्र भुसालको घरमा पुग्दा ( हेर्नुस् भिडियो)

October 1, 2021 158

छोटाे समयमा नै मान्छेहरुको दिल जित्न सफल भएको टिकटक एउटा सामान्य मोबाईल सफ्टवेयर हो जसलाइ बिगतमा मनोरञ्जन अनि टाईम पासको लागि प्रयोग गर्ने गरिन्थ्यो । म्युजिकल लिको नाम बाट सर्बप्रथम बाहिरिएको यसको नाम पछि परिवर्तन गरिएर टिकटक राखिएको हो ।

यहि टिकटक जो हामी मनोरञ्जनका लागि प्रयोग गर्छौ अहिले मान्छेहरुको आम्दानिको स्रोत अनि पैसा कमाउने भा’डाे भएको छ । सुन्दा अ’च’म्म लाग्न सक्छ तर नेत्र भुसाल नाम गरेका एक २२ बर्षका युबकले टिकटकबाट नै लाखौं कमाएका छन । आजको विषय उनै भाइको यो सफलताको पछाडिको राजको विषयमा रहेको छ ।

अर्घाखाँची घर भएका नेत्र भुसाल जो एक ग’रि’ब परिवारमा जन्मिएका हुन उनले अहिले टिकटकबाट नै १ करोड १० लाख कमाएका छ्न । उनको यति धेरै सफलताको पछाडि को यात्रा भने सहजचाहिँ छैन । झु’प’डीबाट सुरु भएको उनको यो कहानी अहिले महलमा आइपुगेको छ ।

सत्तरी लाखको घर बनाइसकेका छन उनले टिकटककै कमाइबाट । टिकटकमा लाईभ जाने उनी नेपालकै पहिला ब्यक्ती पनि भएका छन । घरमा नेट थिएन, साथिहरुको कोठामा गएरपनि लाईभ जान भने छाडेनन उनले । यो सब उनको निरन्तरता अनि लगनशीलताको पनि उपज हो ।

यो कुरा झू’ट हो पनि भने कैयौले तर उनको अनि उनको परिवारको कुरा सुनेर भने यस्तो लाग्दैन । उनका बाबू जो अहिले यो संसारमा छैनन, उनको ठुलो सपना थियो एउटा घर बनाउने र आज त्यो सपना उनका छोराले साकार पारेका छन ।

थाम्न सकिनन आमाले आसुका धारा, छोरोको प्रगति देखेर दङ्ग छिन उनी । खुब याद गरिन उनले आफ्नो श्रीमानलाई यो पलमा । रु’दै भनिन उनले ” हामी त यति खुसि भयौ उहाँ हुनु भएको भए झन कति खुसि हुनुहुन्थ्यो होला ।”

नेत्र पनि भा’वु’क भए आमाका कुराले । पैसाभन्दा पनि ठुलो घरमा आफ्नो बाबुआमा र आफ्नाहरु रहेछन भने उनले । उनले थपे ” अहिले पैसा हुदा र बाबा नहुदा र पहिला बाबा हुदा र पैसा नहुदाको जिबनमा मलाई बाबाको हुदाकै जीवन प्यारो, किनकी बाबा त हुनुहुन्थ्यो नि ।

” मान्छेहरुले यो सब झू’ट हो कहाँ टिकटकबाट यत्रो पैसा कमिन्छ भनिरहदा उनकि आमाले भने यो सब पैसा टिकटकबाट नै कमाइ गरेको खुलाएकी छिन ।

लगातार टिकटकमा लाईभ बसेको देखेर नेत्रे बौलायो, नेत्रे पागल भयो यतिसम्म भनेका रहेछन मान्छेहरुले, तर आज नेत्रले आफ्नो सफलताले तिनिहरुको मुखमा बु’झो लगाइदिएका छन । कति राम्रो सोच छ उनको, उनी भन्छन “अरुले जे सोचेपनी आफ्नो राम्रो गर्नुपर्छ, अरुले म हिड्ने बाटोमा का’डा लाएभने हामिले फूल लाउनुपर्छ ।”

उनले टिकटकमा लाईभ होस्ट गरेर २० लाख कमाउदा कसैले पनि नेपालमा पैसा नकमाएको कुरा पनि उनले बताए । अहिलेसम्म उनले ३५ वटा टिकटक आइ डि बनाइसकेका छन र धेरै जनालाई उनले कसरी कमाइ हुन्छ भनेर सिकाएका पनि छन।

उनले आफुले कमाएको पैसाको प्रमाण पनि पेश गरेका छन । पछिल्लो छ दिनमै उनले १ लाख कमाएको पनि उनले बताएका छ्न।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिकृया दिनुहोस्