विबाह गरेको लामो समयपछि गर्भवती बनिन् चर्चित नायिका स्वस्तिमा खड्का, बच्चा बसेपछि खुशी हुँदै भनिन् मलाई प्रियंका कार्कीको झै हल्ला खल्ला गरेर पाउनु छैन, सुटुक्क घोर्ले छोरो पाउने हो, हेर्नुहोस् भिडियो
न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन? न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्। कम्पनीले निष्काशन गेरको शेयरमा असोज १९ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असोज
३१ गतेसम्म म्याद थप हुनेछ। कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ। कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी
डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
बिहीबार सात महिना यताकै न्यून कारोबार भएको छ। शेयर कारोबार हुने दोस्रो बजारमा बिहीबार सात महिना यताकै न्यून कारोबार भएको हो। बुधवार नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा तीन अर्ब ७० करोड रुपैयाँ बराबरका शेयर किनबेच भए।४९ हजार ८३५ कारोबारमा ७३ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा उक्त रकम बराबरको कारोबार भएको हो। जुन सात महिना यताकै न्यून हो। यस अघि गत २०७७ चैत १४ मा तीन अर्ब ३७ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो। त्यस यता कुनै दिन पनि उक्त रकम भन्दा कमको कारोबार भएको थिएन।
दोस्रो बजारमा नेप्से सूचक लगातार घट्दै गएपछि कारोबार रकम समेत घट्दै गएको हो। बुधवार मात्रै शेयर बजार मापक सूचक ३२.५१ अंकले घटेको छ। गएको एक महिनादेखि सूचकमा दबाव पर्दै आएको छ। गत सातादेखि सूचकमा तीव्र दबाव परिरहेको छ। शेयर सूचक घट्दै जाँदा कारोबार रकममा समेत प्रभाव परेको शेयर विश्लेषकहरूले गर्न थालेका छन्। कारोबार रकम घट्दै जानुलाई प्राविधिक रुपमा राम्रो मान्नु पर्ने विश्लेषण गरिएको छ। “सूचक घट्दा
कारोबार रकम घट्नु प्राविधिक रुपमा राम्रो मान्नु पर्छ। किनकि बजारमा सस्तो मूल्यमा किन्न बसेका कारोबारीलाई बिक्रीकर्ताले उनीहरूले मागेकै मूल्यमा शेयर दिन मानेका छैनन् भन्ने जनाउ दिन्छ। जसले आगामी दिनमा खरिद कर्ताको मूल्य भन्दा बिक्रीकर्ताको मूल्यलाई स्वीकार्न घटेको कारोबारले बाध्य पार्दै लगेको रुपमा यसलाई हेर्नु पर्छ” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले भने।
प्रतिकृया दिनुहोस्