फाइल तस्बिर ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टमा यौ,नधन्दा हुँदै आएको खुलासा भएको छ। अपार्टमेन्टको पाँचौ तल्लाको फ्ल्याटमा महिलाहरुले यौ,नधन्दा चलाउँदै आएको पाइएको हो।
प्रहरीको अनुसन्धानबाट ती यौ,न व्यवसाय गर्ने महिलाहरुले एक जना पुरुषसँग यौ,न सम्बन्ध राखेवापत तीन हजारदेखि १५ हजारसम्म रुपैयाँ लिने गरेको पाइएको छ। ग्राहक खोजेर ल्याउनेहरुलाई पनि प्रतिव्यक्ति २५ सय कमिसन लिने गरेको प्रहरीले जनाएको छ ।
गत भदौ १ गते प्रहरीहरु सामान्य पोशाकमा उक्त अपार्टमेन्टमा पुगेका थिए। त्यसअघि उक्त अपार्टमेन्टमा यौ,धधन्दा चल्दै आएको सुचना पाएपछि प्रहरीहरु सामान्य पोशाका ग्राहक नै बनेर गएका थिए ।उनी हरु ग्राहक बनेरै अपार्टमेन्टको पाँचौ तल्लाको फ्ल्याटमा पुगे।
उनीहरु फ्ल्याटको कोठामा पुग्दा युवतीहरु म,दिराको नशामा थिए। कोठाको भुँइभरी रक्सीका बोतल र कुनाहरुमा ‘क,ण्डम छरपष्ट थिए। बेडमा युवतीहरुको भित्री व,स्त्रहरु यत्रतत्र थिए। सामान्य पाेशाकसहित काेठमा पुगेका प्रहरीहरु जब उनीहरुले आफ्ना ग्राहक नभएकाे भन्ने थाहा पाए, तब उनीहरु हतार-हतार तित्तरबित्तर भए।
म,दिरामा ल,ठ्ठ भएका युवतीहरु सकभर आफूलाई सम्हाल्ने प्रयास गरिरहेका थिए। सामान्य पोशाकमा गएका प्रहरीहरुले सोधपुछ गरेपछि उनीहरुले एकअर्कालाई संकेत गर्दै वास्तविकता लुकाउन आफूहरु नातेदार भएको जिकिर गर्न थाले। तर प्रहरीले प्रमाण फेला पारिसकेको थियो।
त्यहाँबाट सात जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेहरुमा हेटौँडाकी ४२ वर्षीया गीता खड्गी, झापाका ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दियाकी २९ वर्षीय सुनिल विष्ट, काठमाडौं बालाजुकी क्रिष्टिना केसी, सिन्धुपाल्चोककी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौतीका ३३ वर्षीय प्रतीक कर्माचार्य थिए।
प्रहरीको अनुसन्धान अनुसार उनीहरुले यौ,नधन्दाबाट कमाएको रुपैयाँ ‘मिटरब्याज’मा समेत लगाउने गरेकाे पाइएको छ। यहाँसम्म कि उनीहरु मा,नव बे,चबि,खनमा समेत संलग्न रहेको पाइएको हो। अहिले प्रहरीले उनीहरुको बयानको आधारमा थप अनुसन्धान गरिरहेको छ।
अत्याधुनिक प्रविधिबाट बनाइएको ढोकाबाट भित्र छि,र्नु र बाहिरिनुअघि त्यहाँ सुरक्षित पासवर्डसमेत जडान गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ढोकाबाट भित्र ल्याउने र बाहिर लैजान काम महिलाले नै सम्हाल्दै आएकी थिइन्।
उनीहरुले अकाउन्टेन्ट नै राखेर हिसाबकिताव मिलान गर्ने गरेको र भर्खरका युवतीदेखि बिवाहित महिलासम्म संग्लन रहेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
प्रतिकृया दिनुहोस्